बेनसँग जेनिफरले कसिन लगनगाँठो

बेनसँग जेनिफरले कसिन लगनगाँठो


हलिउड अभिनेत्री जेनिफरले लसभेगासमा प्रेमी बेन एफलेकसँग विवाह गरेकी छन् ।

अभिनेत्रीले आफ्नो वेभसाइटमार्फत आफूहरुले विवाह गरेको जानकारी दिएकी हुन् । ‘हामीले यो गर्यौ । प्रेम सुन्दर छ । र यो बाहिर जान्छ कि प्रेम धैर्य हो । बीस वर्षको धैर्य’, उनले लेखेकी छन् । यो जोडीले १७ वर्षअघि इन्गेजमेन्ट गरेर त्यसलाई तोडेका थिए ।

गत वर्ष यो जोडीले सामाजिक सञ्जालमा आफ्नो प्रेम पुनः सुरु भएको जनाउ दिएका थिए । नेभाडामा भएको द क्लार्ट कन्टी क्लेकको कार्यालयमा राखिएको रेकर्ड प्रणाली अनुसार अब जेनिफरले आफ्नो नाम जेनिफर एफलेक लेख्नेछिन् ।

जेनिफरका अनुसार जोडी गत शनिबार लसभेगास पुगेर उनीहरुले विवाहको अनुमति पत्र लिएका थिए । जहाँ अन्यन चार जोडी पनि अनुमति पत्र लिन पुगेको हो । सन् २००२ मा फिल्म ‘गिग्ली’को सेटमा यो जोडीको भेट भएको थियो । त्यसपछि सन् २००३ मा उनीहरु इन्गेज्ड भए ।

लगत्तै उनीहरुले मिडियाले आफूहरुलाई बढी ध्यान दिएको कारण देखाउदै उनीहरु अलग्गिने निर्णय गरेका थिए । यो अवधिमा लोपेज धेरैपटक इन्गेज्ड भइन् । उनले गायक मार्क एन्थोनीसँगै विवाह गरेकी थिइन् । एफलेकसँग उनको यो चौथो विवाह हो ।

एजेन्सी

Logo