स्टार नै स्टारहरुको केन्द्र बन्दै हिमालयन ह्वाइटहाउस कलेज (भिडियो रिपोर्ट)

नेपाली क्रिकेटमा कप्तान पारस खड्का भयंकर ‘ब्राण्ड’ हुन् । हिमालयन ह्वाइटहाउस इन्टरनेशनल कलेज पनि शिक्षा क्षेत्रमा स्थापित ‘ब्राण्ड’ हो । यी दुई ‘ब्राण्ड’ एकै ठाऊँ मिसिएका छन् र बनेको छ, ‘ब्राण्ड’हरुको दोभान । अर्थात कप्तान पारस खड्का हिमालयन ह्वाइटहाउस इन्टरनेशनल कलेजको ‘ब्राण्ड’ एम्बासडर बनेका छन् ।

नेपालको शैक्षिक क्षेत्रमा १८ बर्षदेखि अनवरत योगदान पुर्याउदै आएको शैक्षिक संस्था हो हिमालयन ह्वाइटहाउस इन्टरनेशनल कलेज । सबल र सक्षम नागरिक उत्पादन गर्ने उद्धेश्यका साथ स्थापित यस कलेजमा प्लस टुका साथै स्नातक र मास्टर लेभलको अध्ययन अध्यापन हुन्छ । अमेरिकी शैक्षिक अवधारणा अनुरुप अध्ययन अध्यापन गराउँदै आएको यस कलेजमा विदेशी प्रोफेसर एवं विषय विज्ञहरुले पढाउँदै आएका छन् ।

साइन्स तथा कम्प्युटर ल्यावदेखि यातायात, क्यान्टिन, लाइब्रेरीलगायतको राम्रो सुविधा रहेको यस कलेजले पढाईका साथै अतिरिक्त क्रियाकलापलाई पनि प्राथमिकताका साथ अघि बढाएको छ । यसको उपल्लो प्रमाण हुन् नेपाली क्रिकेट टोलीका कप्तान पारस खड्का र स्ट्राइकर शरद भेस्वाकर । कलेजले राष्ट्रिय स्तरमा ख्याती कमाएका हरि खड्का, विनोद दास जस्ता फुटबलर र क्रिकेटरहरुलाई प्रशिक्षकमा नियुक्त गरेर खेलकुद प्रतिको निष्ठालाई उजागर गरेको छ ।

प्रस्तुत छ, कलेजको विस्तृत विवरण समेटिएको भिडियो रिपोर्ट 

 

स्टार नै स्टारहरुको केन्द्र बन्दै हिमालयन ह्वाइटहाउस कलेज (भिडियो रिपोर्ट)