छबी ओझाविरुद्ध शिल्पा पोखरेलले दिईन् घरेलु हिंसाको उजुरी

काठमाडौं । अभिनेत्री शिल्पा पोखरेलले श्रीमान छबी ओझाविरुद्ध प्रहरीमा घरेलु हिंसाको उजुरी दिएकी छन् । श्रीमानबाटै असुरक्षा भएको भन्दै प्रहरीमा उजुरी दिएकी हुन् ।

पोखरेलले श्रीमानबाट असुरक्षित भएकाले भन्दै शान्ति सुरक्षा पाऊँ भनी उजुरी दिएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता डिएसपी होबिन्द्र बोगटीले जानकारी दिए । उजुरी परेपछि छलफलका लागि उनीहरुलाई बुधबार दिउँसो परिसर बोलाइएको डिएसपी बोगटीको भनाई छ ।

चलचित्र निर्माता छबी ओझा र अभिनेत्री शिल्पा पोखरेलबीच पछिल्लो समय खटपट हुँदै आएको थियो । अभिनेत्री रेखा थापासँग डिभोर्स गरेपछि ओझाले २०७३ सालमा अभिनेत्री पोखरेलसँग विवाह गरेका थिए ।

लामो समय उनीहरुले आफ्नो विवाह गोप्य राखेका थिए । तर, गत वर्ष मात्र उनीहरुले विवाहबारे खुलाशा गरेका थिए । शिल्पा चौथौ श्रीमती बनेर ओझा निवास भित्रिएकी थिईन् ।

एक वर्षअघि केन्द्रबिन्दुले शिल्पा र छबिसँगै उनीहरुको विवाह गराउने गुरुसँग अनतर्वाता लिएको थियो । हेरौं उक्त अन्तर्वार्ता