मकवानपुर: सेल्फी लिन खोज्दा ४ जनालाई खोलाले बगायो

राप्ती खोलामा आएको बाढीले बगाएका ४ जनालाई प्रहरीले उद्धार गरेको छ ।

आज विहान राप्ती खोलाले बगाएको हेटौंडा उपमहानगरपालिका वडा नम्बर ८ की कविता तामाङसहित ४ जनालाई उद्धार गरेको जिल्ला प्रहरी कार्यलय मकवानपुरले जनाएको छ । उनीहरुको अहिले हेटौंडा अस्पतालमा उपचार भैरहेको प्रहरीले जनाएको छ ।

नदीको किनारमा सेल्फी लिन खोज्दा उनीहरुलाई बगाएको हो ।

त्यस्तै, मकवानपुरगढी गाउँपालिका वडा नम्बर २ जितपुरभञ्ज्याङमा पहिरोले घर बगाएको छ । स्थानीय ५० बर्षीय सुर्दशन गोलेको घर बगाएको हो ।

घर बगाउँदा लत्ताकपडा, अन्नपात सबै क्षति भएको छ । घरमा रहेका गोले र चितवन भरतपुर महानगरपालिका वडा नम्बर १ का २१ बर्षीय प्रमोद भण्डारीलाई जितपुर प्रहरीले उद्धार गरेको छ ।