चाँडै फिल्म खेल्ने प्रकाश सपुतको घोषणा (भिडियोमा)

काठमाडौं । पछिल्लो समयका चर्चित गायक प्रकाश सपुत डिएनए क्लोथिङ ब्राण्डको ब्राण्ड एम्बेस्डरमा अनुबन्धित भएका छन् । बुधबार काठमाडौंमा एक कार्यक्रमको आयोजना गर्दै डिएनएले प्रकाशलाई एक वर्षका लागि ब्राण्ड एम्बेस्डर बनाएको हो ।

विगत दुई वर्ष अघि बजारमा आएको डिएनएले नेपाली युवाहरुलाई अन्तर्राष्ट्रिय गुणस्तरको पुरुष फेसन सामग्री उपलब्ध गराउँदै आएको छ । डिएनएका तर्फबाट केदार प्रसाद न्यौपानेले गायक प्रकाशलाई प्रमाण पत्र प्रदान गर्दै पछिल्लो समय युवापुस्ताको मनमुटुमा बस्न सफल भएकै कारण प्रकाशलाई आफ्नो ब्राण्डसँग जोडेको बताए ।

डिएनएसँग हस्ताक्षर गरेका प्रकाशले आफ्नो लागि यो ठूलो सफलता भएको प्रतिक्रिया दिए । ‘मेरो लागि डिएनएसँग जोडिनु ठूलो सफलता हो’ उनले भने, ‘म यस ब्राण्डसँग जोडिनुको मुख्य उद्देश्य भनेको देश विदेशमा छरिएर रहेका युवाहरुमाझ छिटो जोडिन सक्नु हो ।’

गायक प्रकाशको ‘दोहोरी ब्याटल’, ‘दोहोरी ब्याटल–२’, ‘बोलमाया’, ‘गलबन्दी’ लगायतका गीत सर्वाधिक रुचाइएका गीतहरु हुन् । यी गीतहरुका युट्युव भ्युज करोड बढी छन् ।