५५ बर्षपछि पहिलोपटक प्रहरीकोमा जाँदैछु- छवि ओझा

निर्माता छवि ओझा र अभिनेत्री शिल्पा पोखरेलको घर झगडा यतिबेला संचारमाध्यममा ‘हटकेक’ बनिरहेको छ । पोखरेलले काठमाडौँ जिल्ला प्रशासन कार्यालयमा घरेलु हिँसाको उजुरी दर्ता गराएपछि घटना बाहिर आएको हो ।

शिल्पाले गत असार २२ गते न्याय पाउँ भन्दै प्रशासन कार्यालयमा उजुरी दर्ता गराएकी थिइन्। प्रशासनले पोखरेलको उजुरीसहित आवश्यक कारबाहीका लागि महानगरीय प्रहरी प्रभाग टेकुलाई पत्र लेखेपछि प्रहरीले आज (बुधबार) निर्माता ओझालाई बोलाएको थियो । केन्द्रबिन्दुसँग कुरा गर्दै निर्माता ओझाले आफूलाई सन्चो नभएकाले आज प्रहरी प्रशासनमा नगएको बताए ।

ओझाले आफुले अहिलेसम्म कसैमाथि अन्याय नगरेको भन्दै ५५ बर्षपछि पहिलोपटक भोलि (बिहिबार)प्रहरी प्रशासनमा जान लागेको बताए । उनले असार ८ गते सामान्य वादविवादमै शिल्पाले घर छोडेर हिडेको बताए। शिल्पाको स्वास्थ्य अबस्था संचारमाध्यम आए जस्तो नभएको उनले बताए।

उनीहरुले ३ बर्षको लिभिङ् टुगेदर बसेर ६ महिनाअघि मात्रै बिबाह दर्ता गरेका थिए। शिल्पा अहिले बरिष्ठ फोटो पत्रकार विकास रौनियारको घरमा बसिरहेकी छन् । शिल्पालाई सम्पर्क गर्दा फिल्म निर्देशक सम्झना उप्रेती रौनियारले फोन उठाइन् । उनले भोलि प्रशासनमा छलफल हुने जानकारी दिईन् ।