सिंहदरबारमा दाहाल र भट्टराईबीच भेटवार्ता

सिंहदरबारमा दाहाल र भट्टराईबीच भेटवार्ता


नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र पूर्वप्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईबीच भेटवार्ता भएको छ ।

सिंहदरबारस्थित माओवादी संसदीय दलको कार्यालयमा दुई नेताबीच भेटवार्ता जारी छ । समाजवादी केन्द्र गठनबारे छलफल भइरहेको स्रोतको भनाइ छ । दुई नेताको छलफलपछि नेकपा एकीकृत समाजवादीका शीर्ष नेतासँग पनि सिंहदरबारमै छलफल गर्ने तयारी गरिएको छ ।

त्रिपक्षीय छलफल आजै अपराह्नका लागि तय गरिएको छ।

Logo