भारत विश्वकप क्रिकेटबाट बाहिरियो, न्युजिल्यान्ड फाइनलमा प्रवेश

काठमाडौं । भारतलाई पराजित गर्दै न्युजिल्यान्ड विश्वकप क्रिकेटको फाइनलमा प्रवेश गरेको छ । २४० रनको लक्ष्य पछ्याएको भारत २२१ रनमा अलआउट भयो । न्युजिल्याण्डसँग पराजित भएसँगै भारत विश्वकपबाट बाहिरिएको छ ।

न्युजिल्यान्डले दिएको २४० रनको लक्ष्य पछ्याएको भारत ४९ ओभर ३ बलमा २२१ रन बनाउँदै अलआउट भएको हो । भारतका लागि रवीन्द्र जडेजाले सर्वाधिक ७७ रन बनाए । त्यस्तै महेन्द्रसिंह धोनीले ५० रन बनाए पनि सुरुवाति तीन जना ब्याट्सम्यान भने एक-एक रनमा आउट भए ।

यसअघि निर्धारित ओभरमा न्यूजिल्याण्डले ८ विकेट गुमाएर २३९ रन बनाएको थियो । वर्षाका कारण मंगलबार स्थगित भएको खेलमा न्युजिल्यान्डले ४६ दशमलव १ ओभरमा न्युजिल्यान्डले ५ विकेटको क्षतिमा २११ रन बनाएको थियो । त्यही अवस्थाबाट सुरु भएको खेलमा न्युजिल्यान्डले आज थप २८ रन जोड्न सफल भएको हो ।