निर्मला पन्तकी आमा दुर्गादेवीलाई नगरपालिकाले जागिर दियो

कञ्चनपुर,

गत वर्षको साउन १० गते कञ्चनपुरकी १३ वर्षिय बालिका निर्मला पन्तलाई बलात्कारपछि हत्या गरिएको विषय अहिले पनि सेलाएको छैन । उनका हत्यारा पक्राउ गरि सार्वजनिक गर्न सरकारलाई राष्ट्रिय तथा अन्तर्राष्ट्यि दबाब आयो तर अहिले सम्म हत्यारा पक्राउ गर्न सकिएको छैन ।

उनै निर्मलाकी आमा दुर्गादेवीलाई जिल्लाको भीमदत्तनगर नगरपालिकाले जागिर दिएको छ । उनलाई दैनिक हाजिरीमा काम गर्ने गरि नगरपालिकाले नियुक्त गरेको हो ।

आफ्ना पति अर्की श्रीमतीसँग बस्ने गरेको र परिवार धान्न गाह्रो भएको भन्दै दुर्गादेवीले जागिरका लागि निवेदन दिएपछि मानवीय हिसाबले नियम कानुनभित्र रहेर ‘डोर हाजिरी’मा उनलाई नियुक्ति दिइएको भीमदत्त नगरपालिकाकाले जनाएको छ । निर्मलाको हत्या गरिएपछि उनका अब २ छोरीहरु छन् ।