एनआईसी एसियाको तीन शाखारहित बैंकिङ सेवा

काठमाडौं,

एनआईसी एसिया बैंकले तीन शाखा रहित बैकिङ सेवा विस्तार गरेको छ । बैंकले सहरी तथा ग्रामीण जिल्लामा आफ्नो सशक्त उपस्थिति जनाउँदै गाउँगाउँमा वित्तीय पहुँच तथा वित्तीय सबलीकरणको लागि शाखारहित बैंकिङ सेवा प्रदान गर्दै आइरहेकोे पनि जनाएको छ ।

सोही क्रममा झापाको अर्जुनधारा नगरपालिका–२, खुदनाबारी, रूपन्देही जिल्लाको लुम्बिनी सांस्कृतिक नगरपालिका–११, मोग्लाह र मोरङ जिल्लाको सुनवर्षी नगरपालिका–२, अमरदहमा आफ्नो क्रमशः ३८ औं, ३९ औंं र ४० औंं शाखारहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको हो ।

बैंकले सञ्चालनमा ल्याएको खुदुनाबारी शाखारहित बैंकिङ सेवाको समुद्घाटन अर्जुनधारा नगरपालिका–२ का वडाध्यक्ष रघुनाथ खनालले गरे । उक्त शाखारहित बैंकिङ सेवाका प्रतिनिधिको रूपमा खड्गमाया पराजुलीलाई नियुक्त गरिएको छ । यसैगरीे मोग्लाह शाखारहित बैंकिङ सेवाको उद्घाटन लुम्बिनी सांस्कृतिक नगरपालिका–५ का वडाध्यक्ष खुर्सेद आलमले गरेको र उक्त शाखारहित बैंकिङ सेवाका प्रतिनिधिका रूपमा जलालुद्दिन मुसलमानलाई नियुक्त गरिएको छ ।

त्यस्तै अमरदह शाखारहित बैंकिङ सेवाको समुद्घाटन सुनवर्षी नगरपालिका–३ का वडाध्यक्ष टेकबहादुर विष्टले गरेका हुन् । अमरदह शाखारहित बैंकिङ सेवाका प्रतिनिधिका रूपमा योगेन्द्र संग्रौलालाई नियुक्त गरिएको छ । शाखारहित बैंकिङ सेवाबाट देशका विभिन्न ग्रामीण क्षेत्रका स्थानीयवासीले आफ्नो गाउँमै स्थानीय प्रतिनिधिमार्फत बैंकिङ सेवा लिन सक्नेछन् ।