सीप र शिक्षालाई सँगै अगाडि बढाएको कलेजः पिनाकल एकेडेमी

सीप र शिक्षालाई सँगै अगाडि बढाएको कलेजः पिनाकल एकेडेमी


ललितपुरको लगनखेलमा रहेको पिनाकल एकेडेमीमा अहिले प्लस टु अन्तर्गत विज्ञान, व्यवस्थापन, मानविकी र कानुन संकायमा अध्ययन अध्यापन हुँदै आएको छ । पिनाकलमा ‘प्लस टु’ अध्ययनका लागि कूल १३ सय विद्यार्थी हरेक वर्ष छनोट हुन्छन् । 

पिनाकलले सीप र शिक्षा दुवैलाई सँगसँगै अगाडि बढाएको छ। प्रतिस्पर्धात्मक ‘जब मार्केट’मा आफ्नो स्थान सुरक्षित गर्न र सफल हुन विद्यार्थीले के गर्नुपर्छ भन्ने बारे कलेजले विशेष ध्यान दिन्छ । 

हप्ताको एक दिन ३ घण्टा सेफ, बार, हाउस किपिङ, वेटरजस्ता टेनिङले विद्यार्थीमा सुरुवातबाटै सैद्धान्तिक ज्ञानको विकास हुन्छ । 

विज्ञान संकायमा भर्ना भएका विद्यार्थीलाई एमबिबिएस, प्यारामेडिकल, इन्जिनियरिङ, एग्रीकल्चर र फरेस्ट्रीको ‘इन्ट्रान्स’ परीक्षाका लागि तयार गर्न पिनाकल सुरुदेखि नै लागिपर्छ। पिनाकलले हरेक विद्यार्थीलाई दैनिक एमसीक्यू (अब्जेक्टिभ प्रश्न)को अभ्यास गराउँछ, जसले विद्यार्थीलाई नाम निकाल्न सहज बनाउछ ।    

बजारको मागअनुसार कम्युटर म्यानेजमेन्टका विद्यार्थीलाई एडभान्स आईटी ल्याबमा वर्षेभरी हरेक हप्ता ग्राफिक डिनाइनिङ कक्षा उपलब्ध गराउने पिनाकलले हस्पाटिली म्यानेजमेन्टका विद्यार्थीलाई भने आफ्नै होटल टेनिङ सेन्टरमा राखेर प्रशिक्षित गर्छ । हप्ताको एक दिन ३ घण्टा सेफ, बार, हाउस किपिङ, वेटरजस्ता टेनिङले विद्यार्थीमा सुरुवातबाटै सैद्धान्तिक ज्ञानको विकास हुन्छ । 

विजनेश म्यानेजमेन्ट पढ्ने विद्यार्थीलाई विज्ञ प्रशिक्षकले वर्षमा ३० घण्टा ग्याम मोडलअनुसार बैंकिङ र इन्टरपेनरसिपको लिडरसिप तालिम दिन्छन् । पत्रकारिता पढ्ने विद्यार्थीलाई विभिन्न सञ्चारगृहमा इन्टनसिप र कानुन पढ्ने विद्यार्थीलाई मुडकोट तालिमको पनि व्यवस्था यो कलेजले गरेको छ ।  

Skip This
Logo