उच्च शिक्षामा अग्रणी शैक्षिक संस्था: नेपाल मेगा कलेज

उच्च शिक्षामा अग्रणी शैक्षिक संस्था: नेपाल मेगा कलेज


काठमाडौंको बबरमहलमा रहेको मेगा कलेज सन् २०११ मा खुलेको हो । मेगा भिजनका साथ स्थापित नेपाल मेगा कलेज नेपालको एक अग्रणी शैक्षिक संस्था हो ।

विज्ञान, व्यवस्थापन र मानविकी संकायको अध्ययन अध्यापन हुँदै आएको यस कलेजमा दुई हजार भन्दा बढी विद्यार्थीहरू अध्ययनरत छन ।

उच्च शिक्षाका लागि लिइने विभिन्न इन्ट्रान्स परीक्षाहरुमा समेत मेगा कलेजका विद्यार्थीहरु सधै उत्कृष्ट अंकका साथ छात्रवृत्ति पाउन सफल भएका छन् । 

अनुभवी प्रध्यापक र शिक्षाविद्हरुबीचको सहकार्यमा खुलेको यस कलेजले चिकित्सा, प्यारामेडिकल, इन्जिनियरिङ लगायत संकायका बोर्ड परीक्षाहरुमा उत्कृष्ट नतिजा निकाल्दै आएको छ । 

सहुलियत मूल्यमा गुणस्तरीय शिक्षा प्रदान गरी जिम्मेवार नागरिक बनाउने लक्ष्य लिएको यस कलेजले विभिन्न शैक्षिक कार्यक्रमहरू र विद्यार्थीहरूलाई असीम अवसरहरू प्रदान गर्दै आएको छ ।

शैक्षिक वृतमा मेगा सेन्टर बन्ने दौरानमा रहेको यस कलेजले ईमानदारी, जिम्मेवारी र मर्यादाको मूलमर्मलाई आत्मसाथ गरेको छ । उच्च शिक्षाका लागि लिइने विभिन्न इन्ट्रान्स परीक्षाहरुमा समेत मेगा कलेजका विद्यार्थीहरु सधै उत्कृष्ट अंकका साथ छात्रवृत्ति पाउन सफल भएका छन् । 

मेगा कलेजले प्लस टु देखि मास्टरसम्म अध्ययन अध्यापन गराउँदै आएको छ । प्लस टुमा विज्ञान, व्यवस्थापन, मानविकी र कानून संकायमा अध्ययन गर्न पाइन्छ ।

कलेजमा अनुशासन, उत्कृष्ट शिक्षण वातावरण र नयाँ प्राविधिबाट शिक्षण विधि, विद्यार्थीहरूको नियमित मूल्याङकनका साथ विद्यार्थीहरुलाई अध्यापन गराउने गर्दछ । 

Logo