उत्कृष्ट साइन्स कलेजः निष्ट (नेशनल स्कुल अफ साइन्सेज)

उत्कृष्ट साइन्स कलेजः निष्ट (नेशनल स्कुल अफ साइन्सेज)


आजभन्दा २९ वर्षअघि शैक्षिक क्षेत्रमा नयाँ आयाम ल्याउने उद्धेश्यसहित काठमाडौंको लैनचौरमा खुलेको कलेज हो, निष्ट अर्थात् नेशनल स्कुल अफ साइन्सेस।

निष्ट फाउण्डेशन अन्तर्गत रहेको यो कलेजले सन् १९९३ देखि निरन्तर रुपमा विज्ञान र व्यवस्थापन संकायमा कक्षा ११ र १२ मा अध्यापन गराउँदै आएको छ । अहिले निष्ट फाउन्डेसन अन्तर्गत नेशनल स्कुल अफ साइन्सेजसहित नौ वडा विद्यालयले राष्ट्रिय परीक्षा बोर्डको पाठ्यक्रमअनुसार अध्यापन गराउँछ ।

निष्ट कलेजका धेरै पूर्वविद्यार्थीहरु अहिले देश तथा विदेशमा उच्च समान्नित पेसा र व्यवसायमा संलग्न रहेका छन् ।  

व्यवस्थापन समितिले निकट भविष्यमा नै कक्षा ११ र १२ मा कानुन, कला र मानविकी संकायमा समेत आफ्नो अध्यापन सुरु गर्ने तयारी गरेको छ । 
निष्ट कलेजमा विज्ञान र व्यवस्थापनमा वार्षिक करिब एक हजार विद्यार्थी भर्ना हुने गरेका छन् ।

निष्ट कलेजमा अध्ययन गर्ने विद्यार्थीहरु हरेक वर्ष बोर्ड परीक्षामा उत्कृष्ट नजितासहित उर्तिर्ण हुने गरेका छन् । निष्ट कलेजका धेरै पूर्वविद्यार्थीहरु अहिले देश तथा विदेशमा उच्च समान्नित पेसा र व्यवसायमा संलग्न रहेका छन् ।  

विद्यार्थीहरुको चौतर्फी विकासका लागि यस कलेजले सह र अतिरिक्त पाठ्यक्रम पनि सन्चालन गर्दै आएको छ । यसले उच्च शिक्षाका लागि मात्रै नभइ व्यवहारिक शिक्षा दिन पनि सहयोगी भूमिका निर्वाह गर्छ । 

विद्यार्थीहरुको शैक्षिक उत्कृष्टतालाई सधैं जोड दिने निष्टले नवीनतम् र सहकार्यको संस्कृतिमा विशेष ध्यान पुर्याउने गरेको छ । विद्यालयले विद्यार्थीहरुमा इमान्दारी, जिम्मेवारी, सहानुभूति, सहयोगी र सम्मानको भावनाको समेत विकास गर्न सहयोग गर्छ । 

Logo