शैक्षिक क्षेत्रमा अग्रणी कलेजः सेन्ट लरेन्स

शैक्षिक क्षेत्रमा अग्रणी कलेजः सेन्ट लरेन्स


काठमाडौंको चावहिलमा रहेको सेन्ट लरेन्स कलेज गुणस्तरीय शिक्षा प्रदान गर्ने कलेजका रुपमा अग्रणी शैक्षिक संस्था हो ।

सन् १९९७ मा स्थापना भएको यो कलेज काठमाडौं चाबहिलको पिपलबोटमा छ । उच्च माध्यमिक तहदेखि स्नात्तोकतर सम्मको अध्ययन हुने यो कलेजमा प्लस टू तर्फ विज्ञान, व्यवस्थापन, मानविकी र कानुनमा अध्ययन हुँदै आएको छ । 

अनुशासित र उत्कृष्ट शैक्षिक वातावरणका लागि छुट्टै पहिचान बनाएको यो कलेजले विद्यार्थीलाई विश्वव्यापी प्रतिस्पर्धाका लागि उपयुक्त हुन कक्षा ११ बाट नै पहल गर्छ ।

प्रतिस्पर्धात्मक कक्षाको वातावरण कायम राख्दै शैक्षिक र अतिरिक्त पाठ्यक्रममा सेन्ट लरेन्सले विशेष ध्यान पुर्‍याउँदै आएको छ । माध्यमिक र विश्वविद्यालय तहको शिक्षामा लगातार प्राप्त गरेको नतिजाले सेन्ट लरेन्साई उत्कृष्ट कलेजका रुपमा स्थापित गराएको छ ।

उच्च माध्यमिक तहदेखि स्नात्तोकतर सम्मको अध्ययन हुने यो कलेजमा प्लस टू तर्फ विज्ञान, व्यवस्थापन, मानविकी र कानुनमा अध्ययन हुँदै आएको छ ।  

गरिब र जेहेन्दार विद्यार्थीलाई आंशिक र पूर्ण छात्रवृत्ति प्रदान गर्दै आएको यो कलेजले शैक्षिक प्रदर्शन, कक्षा गतिविधि र शैक्षिक प्रगतिका आधारमा छात्रवृत्तिका लागि विद्यार्थी छनोट गर्ने गरेको छ । 

यातायात, पुस्तकालय, ल्याब, होस्टल, क्यान्टिनलाई आधुनिक बनाएको सेन्ट लरेन्सले अतिरिक्त क्रियाकलापमा पनि विद्यार्थीलाई सधैं प्रेरित गर्ने गरेको छ । 

Logo