‘म’ होइन ‘हामी’ भन्ने सोचौं: सेन्ट मेरिज

‘म’ होइन ‘हामी’ भन्ने सोचौं: सेन्ट मेरिज


ललितपुरको जावलाखेलमा रहेको सेन्ट मेरिज कलेज छात्राहरुले मात्रै अध्ययन गर्ने शिक्षण संस्था हो । २७ वर्षअघि सन् १९९५ मा स्थापना भएको यो कलेजले सस्तो र गुणस्तीय रुपमा निरन्तर शिक्षा प्रदान गर्दै आएको छ । 

यस संस्थामा विज्ञान, व्यवस्थापन र मानविकी संकायको अध्यापन हुँदै आएको छ। निश्चित संख्यामा विद्यार्थी भर्ना लिएर सोहीअनुरुप सफल परिणाम दिनु यो संस्थाको प्रमुख उद्देश्य हो। 

विद्यार्थीले पढाइलाई बोझका रूपमा नलिइ खुशीखुशी अध्ययन गरुन् भन्ने मान्यता बोकेको सेन्ट मेरिजले शिक्षक–विद्यार्थीको सम्बन्ध प्रेमपूर्ण बनाउने गरेको छ ।

पारिवारिक वातावरण, लगनशील शिक्षक र चुस्त प्रशासन भएको सेन्ट मेरिजमा अन्तक्र्रियात्मक प्रणाली अनुसार पढाइ हुन्छ । 

प्रतिस्पर्धामा विजेता मात्र होइन, असल विजेता बन्नुपर्छ भन्ने मान्यता रहेको छ सेन्ट मेरिजको। विद्यार्थीले पढाइलाई बोझका रूपमा नलिइ खुशीखुशी अध्ययन गरुन् भन्ने मान्यता बोकेको सेन्ट मेरिजले शिक्षक–विद्यार्थीको सम्बन्ध प्रेमपूर्ण बनाउने गरेको छ ।

असल काम नै अनुशासनको शर्त मान्ने यो कलेज ‘म’ होइन ‘हामी’ भन्ने भावना विकास गर्ने एवम् कठोर परिश्रम गर्दै सकारात्मक सोच राख्न सिकाउने शैक्षिक संस्था हो।

रक्तदान, यातायात सुरक्षा र विभिन्न किसिमका विपद्कोे सामना गर्न बल प्रदान गर्न रचनात्मक र सिर्जनात्मक कार्यक्रम यस कलेजमा सञ्चालन गरिन्छ।

नियमित पठनपाठनबाहेक विज्ञान प्रदर्शनी र कला कक्षाजस्ता अतिरिक्त गतिविधि यस कलेजमा नियमितजसो हुने गर्छन्। 

Logo