गुणात्मक शिक्षाका लागि कहलिएको कलेज: द टाइम्स इन्टरनेशनल

गुणात्मक शिक्षाका लागि कहलिएको कलेज: द टाइम्स इन्टरनेशनल


काठमाडौंको डिल्लीबजारमा सन् २००० मा स्थापना भएको द टाईम्स इन्टरनेशनल कलेज, गुणात्मक शिक्षा दिने सफल शिक्षण संस्थाका रुपमा परिचित छ ।

द टाइम्स कलेजमा कक्षा ११ देखि मास्टरसम्मको अध्ययन हुँदै आएको छ । हरेक फ्याकल्टी र लेभलमा उत्कृष्ट नतिजा निकाल्दै टाईम्सले शिक्षण संस्थाहरुको माझमा आफुलाई उत्कृष्टको सूचीमा राख्न सफल भएको छ ।

विश्वबजारमा प्रतिस्पर्धा गर्न सक्ने, योग्य जनशक्ति उत्पादनमा यस कलेजको बिशेष ध्यान गएको पाइन्छ । र सोही अनुसार आफ्ना कोर्षलाई समय सान्दर्भिक बनाउँदै लगेको पनि छ । 

विद्यार्थीलाई हरेक वातावरणमा प्रतिस्पर्धा गर्न सक्ने र हरेक चुनौतिको सामना गर्दै अघि बढ्न सक्ने बनाउन कलेजले उपयुक्त शिक्षण विधिको विकास गरेको छ । 

कलेजले सैद्धान्तिक ज्ञान मात्र नदिएर प्रयोगात्मक अभ्यासमा पनि जोड दिने गरेको छ । विशेष गरी कलेजले म्यानेजेरियल स्किल अभिवृद्धिलाई प्राथमिकतामा राखेको छ । 

कक्षा ११ मा विज्ञान, मानविकी र व्यवस्थापनको अध्ययन गराउने द टाइम्सले मेहनती र जेहेन्दार विद्यार्थी प्रोत्साहन गर्दै आएको छ । आधुनिक प्रविधिको प्रयोग गरेर पठनपाठन गराउँदै आएको यो कलेजले गरिब तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्दै आएको छ । 

विद्यार्थीलाई हरेक वातावरणमा प्रतिस्पर्धा गर्न सक्ने र हरेक चुनौतिको सामना गर्दै अघि बढ्न सक्ने बनाउन कलेजले उपयुक्त शिक्षण विधिको विकास गरेको छ । 

टाइम्स कलेज अनुभवी अध्यापकहरु भएको शिक्षण संस्था पनि हो । बौद्धिक जनशक्तिका लागि आधार तय गर्ने शैक्षिक संस्थाका रुपमा रहेको टाईम्स कलेजले अभिभावक  र विद्यार्थीको भरोसा मर्न नदिने गरी अध्ययन गराउदै आएको छ । 

Logo