अनुभवी शिक्षण संस्थाः भिएस निकेतन

अनुभवी शिक्षण संस्थाः भिएस निकेतन


काठमाडौं उपत्यकामा खुलेका निजी शैक्षिक संस्थामध्ये भिएस निकेतनले लामो कालखण्ड पूरा गरेको छ । सन् १९८१ मा खुलेको भिएस निकेतनले ४१ वर्षदेखि ‘सहुलियत शुल्कमा गुणात्मक शिक्षा’ भन्ने मूल मर्मका साथ उत्कृष्ट शिक्षा प्रदान गर्दै आइरहेको छ। 

देशकै उत्कृष्ट विद्यालयका रूपमा दुईपटक पुरस्कृत भइसकेको भिएसमा पूर्वप्राथमिक तहदेखि माध्यमिक हुँदै स्नातक तहसम्म अध्यापन हुने गर्छ। 

‘प्लस टु’को विज्ञान र व्यवस्थापन दुवै संकायमा उत्कृष्ट नतिजा ल्याउँदै आएको विद्यालयमा विज्ञान संकायमा बायोलोजी, केमिस्ट्री, फिजिक्सलगायत विषयको अध्ययन–अध्यापन हुँदै आएको छ ।

एसइइमा ३.५ भन्दा बढी जिपिए ल्याउने विद्यार्थीका लागि कक्षा ११ मा छात्रवृत्तिको व्यवस्था विद्यालयले गरेको छ ।

सन् १९८१ मा खुलेको भिएस निकेतनले ४१ वर्षदेखि ‘सहुलियत शुल्कमा गुणात्मक शिक्षा’ भन्ने मूल मर्मका साथ उत्कृष्ट शिक्षा प्रदान गर्दै आइरहेको छ। 

व्यवस्थापन संकायमा होटल व्यवस्थापन, बिजनेस स्टडिज, कम्प्युटर साइन्सजस्ता विषय समावेश गरिएको छ। 

भिएस निकेतनले विशाल पुस्तकालय, कम्प्युटर साइन्सको प्रयोगशाला, खेलकुदका लागि बास्केटबल, टेबल टेनिसको ग्राउन्ड मात्रै उपलब्ध गराएको छैन, विद्यार्थीको व्यक्तित्व विकासका लागि उनीहरूलाई शैक्षिक भ्रमण र विभिन्न प्रतियोगितामा समेत सहभागी गराउँदै आएको छ। 

भिएस निकेतनले गरिब तथा जेहेन्दार विद्यार्थीका लागि विभिन्न प्रकारका छात्रवृत्तिसमेत उपलब्ध गराउँदै आएको छ। विज्ञान र व्यवस्थापन दुवै संकायमा कलेजले छात्रवृत्तिका लागि ३.२ जिपिए न्यूनतम अंक राखेको छ।

एसइइमा ३.५ भन्दा बढी जिपिए ल्याउने विद्यार्थीका लागि कक्षा ११ मा छात्रवृत्तिको व्यवस्था विद्यालयले गरेको छ । त्यस्तै, कक्षा १२ मा पनि कक्षा ११ को नतिजाको आधारमा कलेजले विभिन्न छात्रवृत्ति उपलब्ध गराउँदै आएको छ । 

Logo