नासाद्वारा गर्मीसँग लडिरहेको विश्वको नक्सा सार्वजनिक

नासाद्वारा गर्मीसँग लडिरहेको विश्वको नक्सा सार्वजनिक


नासाले चर्को गर्मीसँग लडिरहेको विश्वको नक्सा सार्वजनिक गरेको छ । 

यो नक्सामा नेपाल, भारत, पश्चिम एसिया, अफ्रिका र युरोपका क्षेत्रहरु समावेश छन ।   हाल विश्वका धेरै देशहरुमा प्रचण्ड गर्मीको बीचमा आगलागीका घटनाले वातावरणीय अवस्था झन बिग्रिएको छ ।

अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले एसिया, युरोप, उत्तर अफ्रिका र पश्चिम एसियामा भइरहेको चर्को गर्मीबारे विश्वलाई चेतावनी दिएका छन । 
यी सबै क्षेत्रमा औषत तापक्रम ४० डिग्री नाघेको छ भने धेरै ठाउँमा गर्मीले नयाँ रेकर्ड बनाएको छ । १३ जुलाई २०२२ मा जारी गरिएको यो तस्बिरले पृथ्वीको पूर्वी गोलार्धमा बढीरहेको तापक्रम देखाउँछ । सार्वजनिक सो तस्बिरमा पृथ्वी नीलोको सट्टामा चर्को गर्मीका कारण रातो देखिन्छ । 

नासाको गोडार्ड स्पेस फ्लाइट सेन्टरका स्टिभन पावसनले विभिन्न ठाउँमा चिसो हुँदा देखिने नीलो रङ अहिले रातोमा परिणत बताए । 
पोर्चुगल देशमा तापमान ४५ डिग्री सेल्सियस पुगेको छ । स्पेन र फ्रान्सका केहि भागहरूमा अहिले बढी तापक्रमकै कारण आगालागीको समस्या देखिएको छ । उच्च तापक्रमकै कारण पश्चिमी युरोपका ३ हजार हेक्टर क्षेत्रमा आगालागीले खरानी भएको छ ।   
यति मात्र होइन, स्पेनको म्याड्रिड सहरको १५ सय हेक्टर क्षेत्रफल जलेर खरानी भएको छ । इटालीमा कीर्तिमान गर्मीका कारण मार्मोलाडा ग्लेशियरको एक भाग भत्किएको छ । जसका कारण हिमपहिरोमा परि ११ जनाको मृत्यु भएको छ ।

बेलायतमा पनि मौसम विभागले चर्को गर्मीलाई लिएर चेतावनी जारी गरिसकेको  छ । मौसम विभागका अनुसार बेलायतमा अझै तापक्रम बढ्ने सम्भावना रहेको बताइएको छ । यो वर्षको गर्मीले बेलायतमा अहिलेसम्म भएका सबै गर्मीको कीर्तिमान तोड्न सक्ने मौसमबिद् बताउछन । यसै गरी उत्तर अफ्रिकाको ट्युनिसियाले पनि कडा गर्मीको सामना गरिरहेको छ । गर्मीकै कारण यहाँ आगलागी भएर धेरै बाली जलेका छन । ट्युनिसयामा हाल तापक्रम ४८ डिग्री सेल्सियस पुगेको छ । यसको अर्थ ट्युनिसियामा ४० वर्ष पछिकै यो कीर्तिमान गर्मी हो ।

इरानमा पनि जुलाई महिनायता गर्मी बढेको छ । यहाँ जुन महिनामा तापक्रम ५२ डिग्री सेल्सियस पुगेको थियो ।
चीनमा पनि गर्मी बढेर सबैतिर खडेरी लागेको छ, जसका कारण बाटो सडक पग्लिनुका साथै घरको छानाका टाईलहरु पग्लेर घरभित्र खसेका छन ।
 

Skip This
Logo