ब्याटिङमा समस्या पहिलेदेखि नै थियाे, दोष अहिले देखियो : सन्दीप लामिछाने

ब्याटिङमा समस्या पहिलेदेखि नै थियाे, दोष अहिले देखियो : सन्दीप लामिछाने


नेपाली पुरुष क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले पटक-पटक क्रिकेट खेलेर लिएको अनुभवलाई सदुपयोग गर्न नसकेको स्वीकारेका छन् । आईसीसी विश्व कप क्रिकेट लिग–२ अन्तर्गत स्कटल्यान्ड भ्रमण सकेर आज मंगलवार स्वदेश फर्किएपछि टोलीका कप्तान लामिछानेले यस्तो बताएका हुन् । 

कप्तान लामिछानेले स्कटल्यान्डमा आफ्नो टोली असफल भएको र युवा टोली भएकाले अपेक्षाअनुसारको प्रदर्शन गर्न नसकेको भन्दै ब्याटिङमा समस्या पहिलेदेखि नै भएको र अहिले आएर दोष देखिएको बताए । नेपाली टोलीले आफ्नो कमजोरीलाई अध्ययन गरेर सुधार गर्नुपर्ने समय आएको उनले बताए । 

प्रशिक्षका पुबुदु दासानायकेले भ्रमण सोचेजस्तो नभए पनि अनुभवको आधारमा भने निकै सकारात्मक भएको प्रतिक्रिया दिए । टोलीमा अहिले युवा खेलाडीको बाहुल्यता भएकाले अनुभवको धेरै खाँचो रहेको उनको भनाइ छ । आयोजक स्कटल्यान्ड, नामिबिया र नेपाल सम्मिलित त्रिदेशीय एकदिवसीय शृङ्खला खेलेर नेपाली टोली स्वदेश फर्किएको हो । 

स्कटल्यान्ड भ्रमणमा नेपालले चार खेलेकोमा एकमा जित र तीनमा हार बेहोरेको थियो । नामिबियासँगको दुवै खेलमा पराजित भएको नेपाल घरेलु टोली ९स्कटल्यान्ड० सँगको पहिलो खेलमा विजयी हुँदा अन्तिम खेलमा पराजित भएको थियो । शृङ्खलामा बलिङमा औसत प्रदर्शन गरे पनि ब्याटिङमा भने नेपालको खराब प्रदर्शन रह्यो । 

Logo