जब आफ्नै छोरीमाथि बलात्कार गरिरहेको श्रीमतीले देखिन्
File Photo

कञ्चनपुर । एक किशोरी आफ्नै बाबुबाट बलात्कृत भएकी छन् । कञ्चनपुरको बेलौरी र पुनर्वासको सिमा क्षेत्र पर्ने पुनर्वास नगरपालिका १,ब न्धाताल टोलमा आफ्नै एक १४ वर्षीया किशोरी आफ्नै बुवाबाट बलात्कृत भएकी हुन् ।

आफ्नै छोरीमाथि बलात्कार गरेको आरोपमा प्रहरीले ३९ वर्षीय बुवालाई पक्राउ गरेको छ । मंगलबार राती करिब १० बजे तिर आफ्नै छोरीमाथि जबरजस्ती करणी गरिरहेको श्रीमतीले नै देखेकी थिईन् ।

श्रीमतीबाटै छोरीमाथि जवरजस्ती करणीको कुरा बाहिर आएपछि उनलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीले जनाएको छ । किशोरीको मेडिलक चेकअप र रिपोर्टपछि आवश्यक कारवाही प्रक्रिया अघि बढाईने प्रहरीले जनाएको छ ।