इक्यान मेला शुरु, आकर्षण बढ्दो

१३ औं  बृहत इक्यान मेला आजदेखि शुरु भएको छ ।

नेपाल शैक्षिक परामर्श संघ (इक्यान) ले आयोजना गरेको मेलाको पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले उद्धघाटन गरेका हुन् । मेलाको उद्घाटन गर्दै भट्टराईले नेपलामा पनि अन्तराष्ट्रियस्तरको शिक्षा प्रदान गरिनुपर्ने बताएका छन्।

काठमाडौँको भृकुटीमण्डपमा संचालित मेलामा विद्यार्थी, अभिभावक तथा अन्य सरोकारवालाले अन्तर्रा्ष्ट्रिय शिक्षा सम्बन्धि सही परामर्श प्राप्त गर्न सकिने इक्यानले जनाएको छ।  मेलाको उद्घाटनको दिनमै अवलोकनकर्ताहरुको बाक्लो उपस्थिति देखिन्छ।

मेलामा शैक्षिक परामर्श व्यवसायीहरु, स्वदेशी तथा विदेशी शैक्षिक संस्थाहरु तथा भारत, चीन, बांगलादेश, जापान, फ्रान्स, अमेरीका, बेलायत, न्युजील्याण्ड, अष्ट्रेलिया, आयरल्याण्ड, नर्वे, फिनलैण्ड, मलेसिया, जर्मनी, रुस, डेनमार्क लगायत देशका कलेज तथा विश्वविद्यालयको प्रतिनिधिहरुको सहभागीता छ । मेलामा चारैदिन रक्तदान, डेन्टल क्याम्प तथा प्राथमिक उपचारका कार्यक्रमहरु गरिने छ ।

ब्रिटिस काउन्सिलको मुख्य प्रायोजक रहेको मेलाको ब्यवस्थापन वर्ल्ड विजनेस म्यानेजमेन्ट एण्ड कन्सल्ट्यान्ट प्रालिले गरेको छ । मेलाको एक लाख ५० हजारभन्दा बढीले अवलोकन गर्ने इक्यानले अपेक्षा गरेको छ ।

मेला आगामी २९ गतेसम्म चल्नेछ ।