छविराज ओझा भन्छन्, ‘घर आउने नआउने शिल्पाको हातमा छ’

काठमाडौं । चलचित्र निमार्ता छविराज ओझा र अभिनेत्री शिल्पा पोखरेलबीचको विवाद टुंगिएको छ । घरेलु हिंसा गरेको भन्दै प्रहरीमा पतिविरुद्ध उजुरी दिएकी शिल्पा र छविराजबीच सहमति भएसँगै विवाद टुंगिएको हो । सामान्य विवादमा असार ८ गते घरबाट निस्किएकी शिल्पाले असार २२ गते प्रहरीमा उजुरी दिएकी थिईन् ।

शिल्पाको उजुरीपछि प्रहरीले दुवैजनालाई छलफलका लागि बोलाएको थियो । छलफलका क्रममा छविराजले शिल्पासँग माफी मागे । र दुईजनाबीचको विवाद समाधान भयो । विवाद समाधन भएसँगै शिल्पा र छवि अलग अलग बाटो लागेका छन् ।

महानगरीय प्रहरी परिसर काठमाडौंमा सञ्चारकर्मीहरुसँग छोटो प्रक्रिया दिँदै शिल्पाले आफुले भोगेको जस्तो पीडा अरु कसैले भाग्न नपरोस भन्ने आफ्नो चाहना रहेको बताईन् । एकदमै निराश मुद्रामा देखिएकी शिल्पाले सञ्चारकर्मीमाझ धेरै छोटो प्रतिक्रिया दिईन् ।

उनले भनिन्, ‘मलाई जे पर्‍यो भोगे । कसैलाई दुख्दैन् मलाई मात्र दुख्छ । यदि कसैलाई त्यही पिर परेको छ, त्यस्तै पीडा भोगिराख्नु भएको छ भने प्लिज आउन सक्नुहुन्छ । म आए भनेपनि तपाईहरु पनि नडराईकन आउनुहोस भन्न चाहन्छु ।’

त्यस्तै निर्माता छविराजले भने श्रीमतीसँग माफी माग्नु सामान्य कुरा भएको बताए । जुन कुरा मिडियामा आएको थियो त्यो घरभित्रको झगडा भएको र अहिले मिलिसकेको बताए ।

मिडियामा आएको कानको जाली नै फुट्ने गरी हानेको भन्ने कुरा प्रहरीकहाँ छलफलमा उठ्दै नउठेको भन्दै बताए । ‘हरेक मान्छेको घरमा झगडा पर्छ । वादविवाद हुन्छ । त्यही विवादलाई लिएर शिल्पाले प्रहरीमा आएकी हुन् । यो कुरा सामान्य घटना हो’ उनले भने ।

यो विषयमा आफुले स्पष्टीकरण पाएको भन्दै बाहिर आएको जस्तो भए आफु अहिले ठूलै केसमा परेको हुने छविको भनाई छ । अब शिल्पा तपाईको घर फर्किन्छिन कि नाई भन्ने प्रश्नमा छविले घर फर्किने वा नफर्किने शिल्पाको निर्णय भएको बताए । ‘घर फर्किने नफर्किने कुरा त उहाँले सोच्नु कुरा हो नि । मैले त उहाँ श्रीमती हो । घर आउनुहुन्छ म स्वागतले राख्छु नि’ छविको भनाई छ ।

यो घटनाको पछाडि तै शिल्पाले मानेका दाजु भाउजु त कारक बनेको होईनन् भन्ने प्रश्नमा छवि भन्छन्, ‘सम्झना रोनियार र विकास रौनियार शिल्पाका दाजु भाउजु हुन् । उनीहरु कारक तत्वभन्दा संरक्षक हुन् ।’

प्रहरी कार्यालयबाट बाहिरिने क्रममा शिल्पा एकदम निराश देखिएकी थिईन् भने छवि हर्षित मुद्रामा थिए । सञ्चारकर्मीसँगको प्रतिक्रियामा पनि छवि हाँसेर बोलिरहेका थिए भने शिल्पाको मुहार अध्यारो जस्तै बनेको थियो ।

५५ बर्षपछि पहिलोपटक प्रहरीकोमा जाँदैछु- छवि ओझा

छविराज ओझा र शिल्पा पोखरेलबीच कुरा मिल्यो