उच्च रक्तचापका लक्षण र नियन्त्रणका उपाय

उच्च रक्तचापका लक्षण र नियन्त्रणका उपाय


उच्च रक्तचाप भनेको यस्तो अवस्था हो, जसमा रगतको प्रवाह हुने रक्तनलीहरुमा चाप बढी हुने गर्छ। यसले गर्दा रक्तनलीहरूमा क्षति पुग्छ र ती रक्तनलीहरू बन्द हुने सम्भावना बढाउँछ।

अधिकांश बिरामीलाई  बढ्दो उमेरसँगै उच्च रक्तचापको समस्या हुने गर्छ।उच्च रक्तचाप भनेको ८० को माथि १३० वा त्यो भन्दा बढी हुनु हो । 

उच्च रक्तचापले हृदय रोग सहित धेरै स्वास्थ्य समस्याहरू निम्त्याउन सक्छ । यदि तपाईंले शरीरलाई राम्रोसँग हाइड्रेटेड राख्नुभयो भने तपाईंको रक्तचापको स्तर सन्तुलन हुन्छ भनी विशेषज्ञहरु बताउछन् ।

उच्च रक्तचापका लक्षणहरू

रक्तचापको जाच गराउनँ नै तपाईंलाई उच्च रक्तचाप छ कि छैन भनेर थाहा पाउने एकमात्र उपाय हो । धेरैजसो मानिसहरूलाई उच्च रक्त्तचापको कुनै पनि लक्षण देखिँदैन । कतिपयलाई भने टाउको दुखने वा धमिलो देखिने हुनसक्छ ।

उच्च रक्तचापलाई ‘साइलेन्ट किलर’ किन भनिन्छ ?

विश्व स्वास्थ्य संगठनले विश्वभर ३० देखि ७९ वर्षे उमेर समूहका १२८ करोड वयस्क मानिसहरु उच्च रक्तचापबाट पीडित रहेको बताउछन । त्यसैगरी ४६ प्रतिशत मानिसलाई थाहा नै हुदैन उ उच्च रक्तचापबाट पीडित छ । किनभने उच्च रक्क्तचापमा लक्षणहरू नदेखिन पनि सक्छ । 

कसै कसैलाई यो रोग डरलाग्दो अवस्थामा पुगेपछि मात्र यसको लक्षण देखा पर्न थाल्छ । जस्तै हृदयघात, हर्ट फेल हुने स्ट्रोक आउने आदि पर्दछन् । यही कारणले गर्दा उच्च रक्तचापलाई साइलेन्ट किलर भनिन्छ ।

उच्च रक्तचापलाई व्यवस्थापन गर्न हाम्रो जीवनशैलीको कस्तो भूमिका हुन्छ ?
अमेरिकन हार्ट एसोसिएसनका अनुसार, उच्च रक्तचापबाट बच्नको लागि स्वस्थ जीवनशैलीको अङगाल्नुलाई एउटा राम्रो सुरुवातका रुपमा हेरिन्छ ।
 
हार्ट एसोसिएनका अनुसार उच्च रक्क्तचापलाई कम गर्न नुनको कम सेवन, मदिराको मात्रा कम, दैनिकी व्यायाम, तनाव कम, स्वस्थ तौल कायम राख्ने र धुम्रपान नगरी सन्तुलित आहार खानुपर्छ । यस बाहेक प्रशस्त पानी पिउनाले पनि उच्च रक्तचाप कम हुने विज्ञहरुको विश्वास छ । 

Logo