मधेशका नदी र चुरे दोहनले नागरिक अधिकार हनन् : गिरिराजमणि पोखरेल

मधेशका नदी र चुरे दोहनले नागरिक अधिकार हनन् : गिरिराजमणि पोखरेल


पूर्व शिक्षा मन्त्री गिरिराजमणि पोखरेलले चुरेबाट अवैधरुपमा नदीजन्य वस्तुको दोहन गरेर मुठ्ठीभरका मानिसले नागरिकको वातावरणीय अधिकार खोसेको बताएका छन ।

महोत्तरीका संघीय संसद समेत रहेका पोखरेलले संसदमा विशेष समय लिएर बोल्दै चुरे दोहनले तराई मधेशको जीवन संकट बन्दै गएकोप्रति चिन्ता व्यक्त पनि गरे ।

चुरेको प्रमुख उत्पादन सफा पानी समेत हराउँदै गएको उनकाे भनाइ छ । संसदमा ध्यानाकर्षण गराउदै नेता पोखरेलले भने, ‘नदीनाला उतखनन् र दोहनलाई हरहालतमा रोक्नुपर्छ । चुरे हिमालको सुरक्षा कवच हो । यो रहेन भने हिमालमा हिउँ रहदैन । मधेशमा पिउने पानी पाइदैन । ठुला हिमताल फुट्न सक्छन् ।´

चुरे संरक्षणको सवालमा हिमाली र पहाडी भेगका बासिन्दा बोल्नुपर्ने अवस्था आएको बताउँदै नेता पोखरेलले तराई भेगका जनताले चुरे दोहनलाई साझा रुपमा उठाउनुपर्नेमा ध्यानाकर्षण गराए ।

नेता पोखरेलले क्रसरमाफियाको दादागिरीलाई समेत संसदमा ध्यानाकर्षण गराएका छन् । २५ पुस ०७६ मा धनुषाका पर्यावरण अभियन्ता दिलिप महतोलाई गरेको निर्मम हत्याले चुरे दोहनमा सग्लन गिरोहको भित्रिरुप उजागार भएको बताए । क्रसरवालाहरूको अवैध क्रियाकलाप समेत रोक्नुपर्ने नेता पोखरेलले जोड दिए ।

महोत्तरीमात्र अहिले ३० भन्दा बढी क्रसर उधोग छन् ।

Logo