भीम रावलले रोस्ट्रम नछाडेपछि…

भीम रावलले रोस्ट्रम नछाडेपछि…


प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सांसद भीम रावलले एसपीपी सम्झौता नगर्ने पत्र पठाउन सरकारलाई रुलिङको माग गर्दै रोस्ट्रम नछाडेपछि प्रतिनिधि सभाको बैठक प्रभावित भएको छ ।

प्रतिनिधि सभाको बुधबारको बैठकमा एसपीपी सम्झौतामा सहभागी नहुने पत्र पठाउन सरकारलाई रुलिङ गर्नुपर्ने माग गर्दै रावलले रोस्ट्रम नछाडेपछि बैठक भोली १ बजेसम्मका लागि स्थगित भएको हो ।
 सभामुखको अध्यक्षता गरेकी सत्या पहाडीले ध्यानाकर्षण भएको र पटकपटक बस्न अनुरोध गर्दा पनि रावलले रुलिङ नभएसम्म रोस्ट्रम नछाड्ने अडान राखेका थिए ।

सो क्रममा केही सांसदहरूले आपत्ति पनि जनाएका थिए । त्यसलगतै सभामुख अग्नि सापकोटा आएर रावलले उठाएको विषयमा ध्यानाकर्षण भएको बताउँदै विषयान्तर नगर्न आग्रह गरे । तर रावलले एसपीपी सम्झौतामा सहभागी नहुनेबारे अमेरिकालाई पत्र लेख्नुपर्ने दोहोर्‍याए ।
त्यसपछि सभामुख सापकोटाले १५ मिनेटका लागि संसद् बैठक स्थगित गरे । त्यसपछि पुनः सुचारु भएको बैठक भोली १ बजे बस्नेगरी स्थगित भएको छ ।

Logo