मापदण्ड विपरीतका कस्मेटिक बेचे तीन महिना कैद

काठमाडौँ,
अब मापदण्ड विपरीतको गुणस्तरहीन लिपिस्टिक बिक्री गर्न र आयात गर्न नपाइने भएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तर्गतको गुणस्तर तथा नापतौल विभागले तयार पारेको लिपिस्टिक, स्किन क्रिम र स्किन लोसनको मापदण्ड तयार गरी गुणस्तरहीन लिपिस्टक वितरण गर्नेलाई तीन महिना कैदको व्यवस्था गरेको हो ।

हालै बसेको बैठकले नेपाल गुणस्तर परिषद्ले सो मापदण्ड स्वीकृत गरेको हो । बजारमा स्वास्थ्यलाई हानी पुग्ने कमसल कस्मेटिक सामान बिक्री हुने गरेको फेला परेपछि त्यसलाई नियन्त्रण गर्नका लागि विभागले मापदण्ड तयार गरेको हो । विभागका अनुसार स्वीकृत मापदण्डविपरीत र मापदण्डभन्दा बढी परिमाणमा रसायन मिसाइएको गुणस्तरहीन लिपिस्टिक, स्किन क्रिम र स्किन लोसन बिक्री गरे व्यापारीलाई तीन महिनाको कैदसहित पाँच हजार जरिवाना गराउने व्यवस्था गरिएको छ ।

महिलाले सौन्दर्य प्रशोधनको रूपमा प्रयोग गर्ने लिपिस्टिक, स्किन क्रिम र स्किन लोसनमा लिड (सिसा), मर्करी (पारो) र क्याडमियम, क्रोमियम र आर्सेनिकको मात्रा अत्याधिक भेटिएपछि विभागले मापदण्ड तयार पारी स्वीकृत गराएको हो । विभागले स्किन क्रिम र लोसनको ३४ र लिपिस्टिकको १९ वटा नमूना संकलन गरेको थियो । जसमध्ये स्किन क्रिम तथा लोसनतर्फ ३४ नमूनामध्ये तीन वटामा ७० पीपीएमसम्म लिडको मात्रा (अत्याधिक), तीन नमूनामा मर्करीको मात्रा १३ हजार ९ सय ५४ पीपीएम र पाँच नमूनामा क्रोमियमको मात्रा ५३ पीपीएम भेटिएको थियो ।
कारोबारबाट