कोटेश्वरमा टिपरको ठक्करबाट पैदलयात्री गम्भीर घाइते

कोटेश्वरमा टिपरको ठक्करबाट पैदलयात्री गम्भीर घाइते


काठमाडौंको कोटेश्वरमा आज बिहान टिपरको ठक्करबाट पैदलयात्री गम्भीर घाइते भएका छन् । 

घाइते भएका रामेछापको बिजुलीकोट घर भएका ३१ वर्षीय श्याम बहादुर खड्काको काठमाण्डौ मेडिकल कलेज सिनामंगलमा उपचार भइरहेको छ । 

कोटेश्वरबाट जडिबुटीतर्फ जाँदै गरेको बा ४ ख ५७ ०३ नम्बरको टिपरले आज बिहान ३ बजे पैदल हिडिरहेका खड्कालाई ठक्कर दिएको थियो । 

टिपर सहित चालकलाई प्रहरी बृत्त नयाँबानेश्वरले नियन्त्रणमा लिएको छ ।

Logo