नारायणगढ–मुग्लिन सडक संचालनमा

काठमाडौँ,

पृथ्वी राजमार्ग अन्तर्गत नारायणगढ–मुग्लिन सडकखण्डमा पहिरोका कारण एकतर्फी मात्रै गाडी चलिरहेका छन् । गएरातिदेखि पानी परिरहेकाका कारण पहिरो खसेपछि सडक एकतर्फीमात्रै सञ्चालनमा आएको हो ।

सडक खण्डको सत्र किलो भन्ने ठाउँमा राति १० बजेतिर पहिरो खसेको थियो । पानी परिरहेकाले पहिरो पन्छाउन समस्या भएको प्रहरीले जनाएको छ । यहाँ एकतर्फी रुपमा आलोपालो गरी मात्रै गाडी चलेकाले लामो जाम भएको छ ।

हरेक जसो वर्षायाममा यहाँ सडक बिग्रने समस्या सामान्य जस्तै बनेको छ भने सर्वसाधारणले भने निकै नै सास्ती भोग्नु परेको छ ।