ललितपुर महानगरपलिकालाई राफ्ट ईलेक्ट्रिक स्कुटर हस्तान्तरण

ललितपुर महानगरपलिकालाई राफ्ट ईलेक्ट्रिक स्कुटर हस्तान्तरण


आइएमई ग्रुप अन्तर्गत संचालित आइएमई ईलेक्ट्रिक प्रा.लि. ले  ललितपुर  महानगरपालिकालाई ५ थान राफ्ट ईलेक्ट्रिक स्कुटर हस्तान्तरण गरेको छ । 

एक कार्यक्रमका विच उक्त स्कुटर महानगरपालिकालाई हस्तान्तरण गरिएको हो । महानगरले उक्त स्कुटर नगर प्रहरीलाई हस्तान्तरण गरेको छ ।
आइएमई ईलेक्ट्रिक प्रा.लि राफ्ट ईलेक्ट्रिक स्कूटरहरु नेपालको लागि आधिकारिक बिक्रेता हो । नगरपालिकालाई हस्तान्तरण गरिएको राफ्ट वारिअर भारतमा उत्पादन भएको हो । एक पटक फुल चार्जमा १०० किलोमिटर गुड्ने कम्पनीको दावी छ ।

भारतमा उत्पादित राफ्ट स्कूटर, वारिअर साथै टीस्टा, इण्डुस, नुब्रा , जिस्पा समेत नेपालमा उपलब्ध मोडलहरु हुन । किलेस स्टार्ट, रिमोट लक्किङ, रीवर्स गीअर थेफ्ट अलर्म समेत रहेको छ ।  अधिकतम ३२० किमि रेन्ज दिन सक्ने स्कुटर पनि नेपाली बजारमा रहेको कम्पनीले बताएको छ ।
 

Logo