यामाहाका मोटरसाइकल र स्कुटरको मूल्य बढ्यो, हेर्नुहोस् कसको कति ?

यामाहाका मोटरसाइकल र स्कुटरको मूल्य बढ्यो, हेर्नुहोस् कसको कति ?


यामाहाका केही मोटरसाइकल र स्कुटरको मूल्य वृद्धि भएको छ । नेपालका लागि यामाहाको आधिकारिक वितरक एमएडब्ल्यु इन्टरप्राइजेजले साउन ४ गतेदेखि लागू हुने गरी नयाँ मूल्य सूची सार्वजनिक गरेको थियो ।

सो अनुसार यामाहा सलुटो र एमटी–१५ को मूल्य १२ हजार र एफजेड भी३ तथा रे जेडआर १२५ स्कुटरमा १० हजार रुपैयाँले मूल्य वृद्धि भएको छ ।

अब सलुटोको मूल्य २ लाख ४६ हजार ९ सय पुगेको छ भने एमटी–१५ को मूल्य ४ लाख ८३ हजार ९ सय पुगेको छ । त्यसैगरी एमटी–१५ बीएस६ को मूल्य ४ लाख ९३ हजार ९ सय पुगेको छ ।

एफजेड भी३ स्मार्ट कनेक्टको मूल्य ३ लाख ९४ हजार ९ सय र डार्क नाइटको मूल्य ३ लाख ९९ हजार ९ सय छ भने रे जेडआर १२५ स्कुटर ड्रमको मूल्य २ लाख ६१ हजार ९ सय र र्‍यालीको मूल्य २ लाख ८९ हजार ९ सय रुपैयाँ छ ।

यस्तै यामाहा एफजेड एफआईको मूल्यमा ८ हजार रुपैयाँ बढेको छ भने रेजेड स्कुटरको मूल्यमा ५ हजार रुपैयाँले वृद्धि भएको छ । यसका अन्य मोटरसाइकल वा स्कुटरको मूल्य भने यथावत रहेको छ ।

यामाहाका सबै मोडलको मूल्य सूची यहाँ हेर्न सकिन्छ । https://www.yamaha.com.np/motorcycle/

Skip This
Logo