नेपाल नागरिकता विधेयकमाथि दफावार छलफल सुरु, अन्य विधेयक कार्यसूचीबाट हटाइयो

नेपाल नागरिकता विधेयकमाथि दफावार छलफल सुरु, अन्य विधेयक कार्यसूचीबाट हटाइयो


नेपाल नागरिकता विधेयकमाथि प्रतिनिधिसभामा दफावार छलफल सुरु भएको छ । आजको प्रतिनिधिसभाबाट विधेयक पारित गराउने सरकारको तयारी छ । आजको बैठकको कार्यसूचीबाट नेपाली नागरिकता विधेयकबाहेकका अन्य विधेयकहरु कार्यसूचीबाट हटाएर  ‘फास्ट ट्रयाक’बाट सो विधेयक पारित गराउने लागिएको हो ।

शुक्रबारको बैठकको सम्भावित कार्यसूचीमा नागरिकता विधेयकसहित अन्य विषय पनि समेटिएको  थियो । तर, बैठक बस्ने बेलामा नागरिकता विधेयकबाहेकका विषय हटाइएको हो । अहिले नेपालको नागरिकता (पहिलो स‌ंशोधन) विधेयक २०७९ माथि प्रतिनिधिसभामा दफावार छलफल चलिरहेको छ ।  

 

Logo