जब गुडिरहेको स्कुल बसमा रुख ढल्यो

कञ्चनपुर । गुडिररहेको स्कुल बसमा रुख ढल्दा दुई विद्यार्थी घाइते भएका छन् । शुक्लाफाँटा नगरपालिका ५ बनसमितिमा रहेको अनिरुद्र माविको स्कुल बसमा रुख ढलेको हो ।

सिमलफाँटातिर विद्यार्थी छोड्न जाने क्रममा अकस्मात बसमाथि रुख ढलेको प्रहरीले जनाएको छ । रुख ढल्दा दुई विद्यार्थी सामान्य घाइते भएका हुन् ।

बसको अगाडिको भागमा रुख परेको थियो । जसले गर्दा क्षति हुन पाएन् । सडक किनारका रुखहरुको व्यवस्थापन नहुँदा बेला बेला यस्तो दुर्घटना हुने गरेको छ ।

तस्बिरः प्रमानन्द जोशीको फेसबुकबाट ।