सिभिल सहकारी संस्थाका पूर्वअध्यक्ष इच्छाराज तामाङकी श्रीमती जेल चलान

सिभिल सहकारी संस्थाका पूर्वअध्यक्ष इच्छाराज तामाङकी श्रीमती जेल चलान


सिभिल सेभिङ एण्ड क्रेडिट सहकारी संस्था लिमिटेडका पूर्वअध्यक्ष तथा बैंकर एवं घरजग्गा व्यवसायी इच्छाराज तामाङ्गकी श्रीमती सिर्जना शाक्य तामाङलाई जेल चलान गरिएको छ ।  गत मंगलबार दिउँसो रामशाहपथबाट पक्राउ परेकी शाक्यलाई काठमाडौं जिल्ला अदालतको आदेशअनुसार जेल चलान गरिएको हो । उनलाई भद्रगोल जेल, महिला सेलमा लगिएको छ ।

सो सहकारीको लेखा समिति सदस्य समेत रहेकी शाक्यलाई तामाङले अंश दिलाएर अलग गराउन खोजे पनि ठगी मुद्दामा पक्राउ गरिएको थियो । बिहीबार राति अबेरसम्म अदालतमा चलेको थुनछेक बहसपछि न्यायाधीश कृपासुर कार्कीले सहकारीबाट ठगिएको अर्बौं रुपैयाँ रकम लुकाउन श्रीमती शाक्यको पनि संलग्न भएको देखिएको भन्दै जेल चलानको आदेश दिएका थिए ।

तामाङले सिभिल सहकारीबाट बिनाधितो लगेको अर्बौंको सम्पत्ति लुकाउन २०७४ सालमा श्रीमती सिर्जना शाक्य तामाङ र दुई छोरीलाई अंशबण्डा गरेको समेत खुलेको छ । १५ सय बचतकर्ताको करिब ६ अर्ब ठगी गरिएको उजुरी परेपछि गत १५ असोजमा इच्छाराज पक्राउ परेका थिए ।

Skip This
Logo