थाहानगरमा खोलाले बगाएर बलामीको मृत्यु

मकवानपुरको थाहा नगरपालिका ३ दम्कीमा महाभिर खोलाले बगाएर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा १२ बर्षिया सन्चना बलामी रहेकी छन्। उनको उपचारको क्रममा पालुङ् स्वास्थ्य चौकीमा मृत्यु भएको हो ।

स्थानीय जनकल्याण माबिमा कक्षा ६ मा अध्ययनरत उनलाई बिद्यालयबाट घर फर्किने क्रममा बाढीले बगाएको स्थानीय सानोबाबु मोक्तानले जानकारी दिए। उनीसंगै बाढीले बगाएर घाइते भएका सन्तोस बलामीको अवस्था भने सामान्य छ ।