आज पुष्पलालको ४४ औँ स्मृति दिवस, विभिन्न कार्यक्रम गरी मनाईँदै

आज पुष्पलालको ४४ औँ स्मृति दिवस, विभिन्न कार्यक्रम गरी मनाईँदै


नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४४औँ स्मृति दिवस । 

नेपालका कम्युनिष्ट पार्टीहरूले विभिन्न कार्यक्रम  गरी उनको योगदानको चर्चा गर्दैछन् । १९८१ असार १५ गते रामेछापको भंगेरीमा मध्यमवर्गीय परिवारमा जन्मिएका पुष्पलाल नेपाली क्रान्तिका सिद्धान्तकारका रूपमा परिचित छन् । उनले आफ्नो जीवनभर जनताको स्वतन्त्रताका लागि लडाइँ लडे ।

दाजु गंगालाल श्रेष्ठलाई राणा शासकले मृत्युदण्ड दिएपछि का पुष्पलालमा राणाविरोधी चेतना जागृत भएको थियो । उनले जनताका पक्षमा अधिकार स्थापित गर्ने लक्ष्यका साथ २००६ वैशाख १० गते नेकपा स्थापना गरेका थिए । नेपालको वाम प्रजातान्त्रिक आन्दोलनमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेका पुष्पलाल पञ्चायतकालमा निर्वासनमा समेत बसेका थिए । 

पुष्पलालको निधन मुटुरोगका कारण २०३५ साल साउन ७ गते भारतको गोविन्दबल्लभ पन्त अस्पतालमा भएको थियो । पुष्पलालको सम्मानमा राष्ट्रिय पुरस्कार स्थापना भएको छ । यस्तै पुष्पलाल मध्यपहाडी लोकमार्गसमेत निर्माण भएको छ ।

Logo