पुष्पलालबाट दीक्षित भएर नेकपा एस निर्माण गरेका हौं : अध्यक्ष माधव नेपाल

पुष्पलालबाट दीक्षित भएर नेकपा एस निर्माण गरेका हौं : अध्यक्ष माधव नेपाल


नेकपा समाजवादी पार्टीका अध्यक्ष माधव नेपालले नेकपाको संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको शिक्षाबाट दीक्षित भएर नेकपा समाजवादी पार्टी निर्माण गरेको बताएका छन ।

नेकपाको संस्थापक महासचिव पुष्पलालको ४४ औं स्मृति दिवसको अवसरमा श्रद्धाञ्जली दिन कीर्तिपुरको चम्पादेवी पुगेका नेपालले यस्तो बताएका हुन । उनले पुष्पलालको शिक्षा दिक्षाबाट दीक्षित भएर नेपालको इतिहासमा कीर्तिमान कायम गरेको बताए ।

उनले कसैले असम्भव ठानेको कुराहरुलाई आफूले सम्भव तुलाएको समेत बताए । उनले पुष्पलालको शालिकमा माल्यार्पण गरेका थिए ।
 

Logo