नागरिकतामा प्रतिवद्धता पूरा गरेको छु : दाहाल, माओवादी अध्यक्ष

नागरिकतामा प्रतिवद्धता पूरा गरेको छु : दाहाल, माओवादी अध्यक्ष


नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नागरिकता विधेयक पारित गरेर आफूले मधेसी जनतासँग गरेको प्रतिवद्धता पूरा गरेको बताएका छन् ।

शनिबार सर्लाहीको बागमती नगरपालिकामा आयोजित कार्यक्रममा उनले अघिल्लो पटक मधेश आउँदा नागरिकताको समस्या यही सदनबाट पूरा गर्ने प्रतिवद्धता जनाएको र अहिले पूरा भएको बताए ।

उनले नागरिकताको समस्याबाट पीडित नागरिकलाई बधाई पनि दिए । ‘माओवादी केन्द्रले हिजो जे प्रतिवद्धता गरेको थियो, त्यसलाई पूरा गरको छ ।’
प्रतिनिधिसभाले शुक्रबार नागरिकता ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयक पारित गरेको छ । विधेयक पारित भएसँगै जन्मका आधारमा नेपाली नागरिकता पाउने नेपालीको सन्तानलाई वंशजको आधारमा नागरिकता दिने बाटो खुलेको छ । त्यस्तै बाबुको पहिचान नखुलेका नेपाली नागरिकले पनि आमाको नामबाट नागरिकता पाउनेछन् ।

Logo