थाहा पाउनुहोस् आजको राशिफल

थाहा पाउनुहोस् आजको राशिफल


८ साउन २०७९, आइतबार । तद्नसार जुलाई २४ । श्रावणकृष्णपक्ष एकादशी, आजको एकादशीलाई कामिका एकादशी भनिन्छ । चातुर्मास महिनाको यो दोस्रो एकादशी हो । साउन महिनाको एकादशी भएकाले पनि आज निकै महत्वपूर्ण एकादशी मानिन्छ ।

एकादशीको दिन अन्न ग्रहण निषेध गरिएको छ । एकादशीको व्रत बस्ने व्यक्तिले फलाहार मात्र सेवन गर्न सकिन्छ । बालव करण, रोहिणी नक्षत्र, बृद्धि योग, चन्द्रमा वृष राशिमा छ । आज बिहान सूर्योदय ५ : २३ भएको छ भने सूर्यास्त ६ : ५९ हुनेछ । बिहान ११ : ४४ देखि १२ : ३८ सम्म अभिजित मुर्हूत हुनेछ । आजका देवता सूर्य र ग्रहदेव बुध हुन् । आइतबार बिहान सूर्योदयको दर्शन गर्दा साताभर शुभ हुनेछ ।

आजको राशिफल :

मेष (चु.चे.चो.ला.लि.लु.ले.लो.अ) :आज व्यापार व्यवसायबाट लाभ हुनेछ । परिवार र मित्रमण्डमलीबाट नयाँ कार्यायोजनाका निमित्त सहयोग पाउनुहुनेछ । मेष राशिका जातकका लागि आजको दिन सूर्यनारायणका दर्शन निकै फलदायी हुनेछ । बिहान सूर्यको दर्शन गरेर काम शुरु गर्दा दिनभर कार्यसिद्धि हुनेछ ।

वृष (इ.उ.ए.ओ.वा.वि.वु.वे.वो) : आजको दिन अनुकुल छ । मनमा मानसिक चिन्ता, अनसन्तुष्टी रहन सक्छ । यात्राका लागि अवसर आउनसक्छ । धार्मिक क्षेत्रको यात्रा गर्नु बेस हुनेछ । चन्द्रमाको साथ रहेको छ । बिहानको सूर्योदयको दर्शन गर्नुहोला ।

मिथुन (क.कि.कु.घ.ङ.छ.के.को.ह) : आज परिवार र आफन्तजनमा आर्थिक विवाद हुनसक्छ । मिथुन राशिका जातकले आज मौन रहनु बेस हुनेछ । परिवारमा अनावश्यक विवाद हुन खोज्दा विवाद बढ्नसक्छ । सोचअनुसार काम नहुँदा हुने चिन्ताको बीचमा सकारात्मक सोचको आवश्यकता रहेको छ ।

कर्कट (हि.हू.हे.हो.डा.डि.डु.डे.डो) : आफन्त र मित्रजनबाट साथ असहयोग पाउनु हुनेछ । दाम्पत्य जीवनमा विवाद हुनसक्छ । स्त्रीबाट प्राप्त हुने सहयोगले काममा सफलता मिल्नसक्छ । आफूले गरिरहेको व्यापार व्यवसायबाट हानी हुनसक्छ । धैर्यपूर्वक सोचविचार गरेर मात्र काम गर्नुहोला । मौन रहनु होला ।  

सिंह (मा.मि.मु.मे.मो.टा.टि.टु.टे) : आज मनमा प्रसन्नता छाउने छ । धनलाभ र स्वास्थ्यले पनि साथ दिने छ । मनमा विजय प्राप्तिको खुसी छाउने छ । सोच विचार र मनमा अह्कार बढ्नसक्छ । त्यसैले आफूलाई धैर्यवान राख्नका लागि उपाय गर्नुहोला । कसैसँग विवाद हुन लाग्यो भने जल सेवन गर्नुहोला ।  

कन्या (टो.प.पी.पू.ष.ण.ठ पे.पो) : दाम्पत्य जीवनमा सुख, समृद्धि हुनेछ । अर्थ लाभ हुनसक्छ । अध्ययन अध्यापनमा सफलता प्राप्त हुनेछ । रचनात्मक र कलाकारितामा मन जानेछ । सन्तानबाट प्राप्त हुने सुखले मनमा खुसियाली छाउने छ । सिर्जनात्मक कार्यमा मन लाग्नेछ ।  

तुला( रा.री.रु.रे.रो.ता.ती.तु.ते) : इच्छाअनुसारको काम नहुँदा पारिवारिक तनाव हुनसक्छ । आज कसैसँग विवाद हुने काम नगर्नुहोला । विवाद गर्दा अनेक आरोप लगाउन सक्छन् । हानी हुनसक्ने संभावना पनि रहन्छ । सन्तान र आफन्तजनबाट प्राप्त हुने सहयोगले कार्य सफलता मिल्नेछ ।

वृश्चिक (तो.ना.नि.नु.ने.नो.या.यि.यु) : व्यापारबाट सोचेभन्दा बढी लाभ हुने देखिन्छ । कसैबाट आर्थिक साथ सहयोग मिल्नेछ । छोटो यात्राले मनमा खुसी छाउने छ । शत्रुले समेत कार्यप्रशसा गर्ने छन् । समयले साथ दिएको छ । घर र व्यापारको नयाँ काम गर्दा पनि उत्तम हुनेछ ।

धनु (ये.यो.भा.भी.भु.ध.फा.ढ.भे) : आफन्तलाईभेट गर्दा साथ सहयोग हुनक्छ । नजिकको देवालय वा घरका जेष्ठ सदस्यलाई केही उपहार दिनुभयो भने तपाईलाई प्राप्त हुने आशीर्वादले उर्जा थपिने छ । परिवारजनबाट प्राप्त हुने सहयोगले नयाँ कामको थालनी गर्नका लागि उत्साह थपिने छ । 

मकर (भो.जा.जी.जू.जे.जो.ख.खि.खु.खे.खो.गा.गी) : आज उत्तम दिन छ । व्यापार व्यवसाय, लेखन र तपाईले विगतदेखि गर्दै आएको जे काम भए पनि लाभ हुनेछ । शिवालयमा गएर फलफूल प्रदान गर्नुहोला । परिवारका सदस्यलाई बस्त्र किनेर दिनुहोला ।

कुम्भ (गु.गे.गो.सा.सी.सु.से.सो.द) : बिहान सूर्यनारायणको दर्शन गर्नुभयो भने दिन उत्तम वित्नेछ । स्वास्थ्यमा ध्यान दिनुपर्ने र यात्रा गर्नुभन्दा पहिले पूर्वतयारी गर्नुहोला । अर्थलाभ, मित्रको साथ सहयोग र सोचअनुसार काम हुनेछ । आज बालबालिकालाई मीठा खानेकुरा दिनुभयो भने निकै खुसीयाली छाउने छ ।

मीन(दी.दु.थ.झ.ञ.दे.दो.च.ची) : मीन राशिका जातका लागि आजको दिन उत्तम हो । आज नभुलीकन बिहान सूर्योदयको दर्शन गरेर काम गर्नुभयो भने दिन फलदायी हुनेछ । व्यापार व्यवसायबाट आंशिक सफलता भए पनि अध्ययन अध्यापनमा लाग्ने मीन राशिका जातकका लागि सफलता मिल्नेछ । आजको दिन बनेका कार्ययोजना सफल हुनेछ । गृहस्थ कर्ममा लाग्नुहोला । 

Logo