दराजको महाबचत बजार, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ब्रान्डहरूमा विशेष डिल र छुट

दराजको महाबचत बजार, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ब्रान्डहरूमा विशेष डिल र छुट


अनलाइन बजार दराजले आफ्नो वार्षिक अभियान महाबचत बजारको घोषणा गरेको छ । साउन ८ (२४ जुलाई) बाट सुरु भएको यो अभियानको मुख्य उद्देश्य दराजमा किनमेल गर्दा ग्राहकलाई थप बचत गर्ने अवसर प्रदान गर्नु रहेको कम्पनीले जनाएको छ । 

दराजका अनुसार यो अभियानमा ६० प्रतिशतसम्म छुट, अनलाइन प्रिपेमेन्टमा १ हजार ५ सयसम्म छुट, ७ हजारसम्मको भाैचर, निःशुल्क सिपिङ र बम्पर उपहारमा टर्की उड्ने नि:शुल्क टिकट जित्ने मौका रहेको छ ।

दराजका ग्राहकले डेबिट कार्डबाट प्रिपेमेन्ट गरेमा १० प्रतिशत (अधिकतम १ हजार) र क्रेडिट कार्डबाट प्रिपेमेन्ट गरेमा १२ प्रतिशत (अधिकतम १ हजार ५ सय) सम्मको छुट प्राप्त गर्न सक्नेछन् । 

नेपाल इन्भेष्टमेन्ट, सानिमा, माछापुच्छ्रे, एभरेष्ट, बीओके, एनसीसी नेपाल बैंक, मुक्तिनाथ र ज्योति विकास बैंकका कार्डबाहकले प्रिपेमेन्ट छुटको लाभ लिन सक्ने दराजले जनाएको छ । यसबाहेक ई-सेवा वालेट मार्फत भुक्तानी गर्ने ग्राहकले सीमित अवधिको लागि १० प्रतिशत (अधिकतम १ हजार रुपैयाँ) सम्मको छुट प्राप्त गर्न सक्नेछन् ।

दराज महाबचत बजारमा एक रुपैयाँमा गेम खेल्न पाउने अवसर पनि छ । ग्राहकले न्यू क्लासिक हेल्मेट, हाइग्राउन्ड एडभेन्चर तथा प्रोआर्टको सामग्रीमध्ये कुनै एक पुरस्कारको लागि मात्र खेल्न सक्नेछन् । खेलमा सहभागी हुनको लागि ग्राहकले अनलाइन प्रिपेमेन्ट मार्फत १ रुपैयाँ भुक्तान गर्नुपर्नेछ ।

Logo