सिरहामा पिकअपको ठक्करबाट एक बालिकाको मृत्यु

सिरहामा पिकअपको ठक्करबाट एक बालिकाको मृत्यु


सिरहामा पिकअपले ठक्करबाट एक बालिकाको  मृत्यु भएको छ । प्रहरीका अनुसार पिकअपको ठक्करबाट घाइते भएकी १३ वर्षीया बालिकाको उपचारको क्रममा फूलकुमारी मेमोरियल अस्पताल कर्जन्हामा मृत्यु भएको प्रहरीले जनाएको छ । 

बालिकाको अहिलेसम्म सनाखत हुन सकेको छैन । शनिबार राति  सिरहाको कर्जन्हा नगरपालिका वडा नम्बर -३ स्थित पूर्वपश्चिम राजमार्गमा प्र २-०१-००१ च ०३२७ नम्बरको पिकअपले बाटो क्रस गर्ने क्रममा उनलाई ठक्कर दिएको थियो । घटनाकोबारेमा  अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय मिर्चैयाले जनाएको छ ।

Logo