डढेलो तीव्र गतिमा फैलिएपछि क्यालिफोर्नियामा आपतकाल घोषणा

डढेलो तीव्र गतिमा फैलिएपछि क्यालिफोर्नियामा आपतकाल घोषणा


अमेरिकाको यो सेमाइट राष्ट्रिय निकुञ्ज नजिकै रहेको सबैभन्दा ठूलो जंगलमा डढेलो तीव्र गतिमा फैलिएपछि क्यालिफोर्नियाको मारिपोसा काउन्टीमा आपतकाल घोषणा गरिएको छ ।

शुक्रबारदेखि सुरु भएको आगो द्रुत रूपमा बढेको छ र अग्निनियन्त्रकहरूले आगो नियन्त्रणमा लिन प्रयास गरिरहेका छन्।
विस्फोटक आगोले अग्नि नियन्त्रकहरूलाई चुनौती दिइरहेको क्यालिफोर्नियाको दमकल विभागले भनेको छ ।
६,००० भन्दा बढी मानिसहरूलाई विस्थापित भएका छन र १० घरहरू ध्वस्त भएका छन्।

मारिपोसा काउन्टीमा घोषणा गरिएको आपतकालिन अवस्थाले राज्यलाई आगो निभाउन केही सहायता पुगेको छ ।

आगो निभाउन करिब चार सय दमकल र चार हेलिकप्टर परिचालन गरिएको छ । क्यालफायरकी प्रवक्ता नताशा फाउट्सले अधिकारीहरूले अर्को हप्तासम्म पनि आगो नियन्त्रणमा आउन मुस्किल छ भनेर भनेको बताइन् ।

त्यहाँका पिडित सबैका लागि आवास खोज्न चुनौतीपूर्ण साबित भइरहेको छ ।

Logo