मौद्रिक नीति बजेटलाई सहयोग पुग्ने गरेर आएको प्रधानमन्त्री देउवाको दाबी

मौद्रिक नीति बजेटलाई सहयोग पुग्ने गरेर आएको प्रधानमन्त्री देउवाको दाबी


प्रधानमन्त्री शेरबहादुर देउवाले स्वदेशमा उत्पादित वस्तु तथा सामग्रीहरुको उत्पादन वृद्धि र बजारीकरण गर्न जोड दिएका छन् । आज नेपाल उद्योग परिसंघको १९ औं वार्षिक साधारण सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले यस्तो बताएका हुन्  ।

उनले नेपालको अर्थतन्त्रमा आन्तरिक तथा वाह्य चाप परेको भन्दै यसलाई निकास दिन विदेशमा उत्पादित महंगा र विलासीपूर्ण वस्तुहरु स्वदेशमा आयात गर्न छोड्नुपर्ने बताए । मुलुकले धान्न नसक्ने गरी बढीरहेको व्यापार घाटा, विदेशी मुद्राको घट्दो सञ्चिति सुस्त बन्दै गइरहेकोले कृषि उत्पादनमा जोड दिनुपर्ने प्रधानमन्त्री देउवाको भनाइ छ  ।

उनले स्वदेशमा नै उत्पादन भएका वस्तु तथा सामग्रीहरुको उत्पादन वृद्धि तथा बजारीकरण गर्दै आयात प्रतिष्पर्धामा सहयोग पु¥याउन र यसतिर लगानी केन्द्रित गर्न आग्रह गरे  ।

प्रधानमन्त्री देउवाले चालु आर्थिक वर्षको मौद्रिक नीति बजेटलाई सहयोग पुग्ने गरेर आएको दाबी गरे । उनले मौद्रिक नीतिमा मुलुकमा कृषि क्षेत्र, उत्पादनमुलक, निकासीजन्य उद्योगको विकासको लागि सहयोग पु¥याउने लक्ष्य रहेको बताए  । 
 

Skip This
Logo