अन्तरिक्षमा स्वर्गको खोजी गर्दै चीन

अन्तरिक्षमा स्वर्गको खोजी गर्दै चीन


चीनले अन्तरिक्षको संसारमा ठूलो फड्को मारेको छ । ग्लोबल टाइम्सको रिपोर्ट अनुसार चीनले आफ्नो स्पेस स्टेशनको पहिलो प्रयोगशाला मोड्युल भेन्टियन प्रक्षेपण सफल भएको छ । 

चीनको राज्यबाँट संचालित समाचार एजेन्सी सिन्ह्वा समाचार एजेन्सीको रिपोर्ट अनुसार नयाँ मोड्युलले कोर मोड्युलको लागि ब्याकअपका साथै शक्तिशाली वैज्ञानिक प्रयोग प्लेटफर्मको रूपमा काम गर्नेछ । 

चाइना एकेडेमी अफ स्पेस टेक्नोलोजी तथा चाइना मानव अन्तरिक्ष स्टेशन उपप्रमुख डिजाइनर लिउ ग्याङका अनुसार भेन्टियन मोड्युल १७.९ मिटर लामो, ४.२ मिटर व्यास र २३ टन टेक अफ मास तौल रहेको छ ।
 
चीनले यो मोड्युलको नाम भेन्टियन राखेको छ । जसको शाब्दिक अर्थ ’स्वर्गको खोजी’ हो । वास्तवमा, चीनले आफ्नै अन्तरिक्ष स्टेशन निर्माण गरिरहेको छ। हालसम्म विश्वमै एउटा मात्र अन्तरिक्ष स्टेशन ‘अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशन’ बनाइएको छ ।  जसलाई अमेरिकी अन्तरिक्ष एजेन्सी नासा र रुसको अन्तरिक्ष एजेन्सीसँगको सहकार्यमा जापानलगायत युरोपेली मुलुकले प्रयोग गर्दै आएका छन । 

चिन पनि अमेरिका र रसियाको पाइला पछयाउदै आफ्नै अन्तरिक्ष स्टेशन निर्माण गरिरहेको छ  । यो अन्तरिक्ष स्टेशन निर्माण गर्न तीनवटा मोड्युल लन्च गरिने छ, जसमध्ये एउटा कोर मोड्युल तियान्हे हो, जुन २८ अप्रिल २०२१ म प्रक्षेपण गरिएको थियो । दोस्रो मोड्युल भेन्टियन हो, जुन २४ जुलाई २०२२ अर्थात हिजो लन्च गरिएको थियो । 

तेस्रो मोड्युलको नाम मेन्गटियन हो, जुन कहिले प्रक्षेपण सुरू हुन्छ भन्ने आधिकारीक जानकारी सार्वजनिक भएको छैन ।

चीनले आफ्नो स्पेस स्टेशनको नाम तियाङगोङ स्पेस स्टेशन राखेको छ । जुन नासा र रुसको अन्तर्राष्ट्रिय स्पेस स्टेशनको आकारभन्दा करिब २० प्रतिशत ठूलो र आधुनिक छ । 

साथै, चीनको अन्तरिक्ष स्टेशनको काम यस वर्षको अन्त्यसम्ममा पूरा हुने अपेक्षा गरिएको छ र त्यसपछि यो तीनवटा मोड्युलहरू मिलेर पूर्ण रूपमा विकसित अन्तरिक्ष स्टेशन बन्नेछ ।
 
चीनको मण्ड स्पेस एजेन्सी अधिकारीहरूका अनुसार चीनको स्पेस स्टेशनको तौल १ सय ८० टनभन्दा बढी हुनेछ । जब भेन्टियन मोड्युललाई स्पेस स्टेशनमा डक गरिनेछ, स्पेस स्टेशन एसेम्बलीको वजन लगभग ५० टन पुग्नेछ । एजेन्सी

Logo