भ्रमको राजनीति नगर्न एमालेलाई कांग्रेस सूर्यविनायकको चेतावनी

भ्रमको राजनीति नगर्न एमालेलाई कांग्रेस सूर्यविनायकको चेतावनी


नेपाली कांग्रेस सूर्यविनायक नगर समितिले आफ्ना कुनै वडा इकाइ सभापति र कार्यकर्ता अन्य दलमा प्रवेश नगरेको स्पष्ट पारेको छ ।

केही सञ्चारमाध्यममा कांग्रेसका वडा इकाइ सभापतिसहित सिंगो कार्यसमिति एमालेमा प्रवेश गरेको समाचार आइतबार बाहिर आएको थियो । सो समाचार प्रकाशित भएकोप्रति ध्यानाकर्षण भएको जनाउँदै कांग्रेस सूर्यविनायकले आफ्ना कुनै नेता कार्यकर्ता एमालेमा प्रवेश नगरेको दाबी गरेको हो । 
कांग्रेस सूर्यविनायक नगर सभापति निशान ढुंगेलले प्रेस विज्ञप्ति जारी गर्दै एमाले प्रवेश गरेका भनिएका राजेन्द्र त्वातीलाई पार्टीले कारवाही गरी साधारण सदस्यबाटसमेत निस्कासन गरिसकेको जानकारी दिए । 

पार्टीले कारवाही गरिसकेका नेता कार्यकर्तालाई कांग्रेसकै नेता कार्यकर्ता जस्तो गरी प्रचार गरिएको समाचारप्रति कांग्रेसले आपत्तिसमेत जनाएको छ । पार्टीले कारबाही गरिसकेका जोकोहीलाई स्वतन्त्र बस्ने वा अन्य दलमा जाने छुट भएको जनाउँदै विज्ञप्तिमा भ्रमको राजनीति नगर्न एमालेलाई चेतावनीसमेत दिएको छ ।
 

 

Skip This
Logo