काठमाडौंमा चिनियाँले चलाएको कल सेन्टरमा प्रहरी छापा

काठमाडौंमा चिनियाँले चलाएको कल सेन्टरमा प्रहरी छापा


तीनकुनेमा चिनियाँ नागरिकले चलाएको कल सेन्टरमा प्रहरीले छापा मारेको छ ।

जिल्ला प्रहरी परिसर, काठमाडौंको टोलीले विशेष सूचनाको आधारमा छापा मारेको एसएसपी भरत बोहोराले बताए ।
उनका अनुसार एक घर भाडामा लिएर उनीहरुले कल सेन्टर चलाइरहेका थिए । घरबाट ल्यापटप लगायतका विद्युतीय उपकरणहरु बरामद गरिएको बोहोराले बताए । उनीहरुले त्यहाँ बसेर साइबर अपराध गरेको आशंका छ । अहिले घटनास्थलमा मुचुल्का उठाउने काम भइरहेको बोहोराले बताए ।
आइतबार प्रहरीले बुटवलमा चिनियाँ नागरिकले चलाएको कल सेन्टरमा छापा हानेको थियो । ७ पुस २०७६ मा पनि प्रहरीले काठमाडौंका विभिन्न स्थानमा सर्च अपरेशन चलाएर १२२ जना चिनियाँ नागरिकलाई पक्राउ गरेको थियो ।

उनीहरुलाई अध्यागमन विभागले डिपोर्ट गरेपछि स्वदेश फर्काउनका लागि चीनले चार्टर्ड जहाज नै पठाएको थियो । 

Logo