एनआरएन एसिया क्षेत्रीय सम्मेलन : ३० देशका ३ सय प्रतिनिधि सहभागी हुने

एनआरएन एसिया क्षेत्रीय सम्मेलन : ३० देशका ३ सय प्रतिनिधि सहभागी हुने


गैरआवासीय नेपाली संघ (एनआरएनए) एसिया क्षेत्रीय प्यासिफिक सम्मेलनको तयारी तिव्र पारिएको छ ।

अगस्ट २६ देखि २८ सम्म बैंककमा हुने सम्मेलनको तयारी अन्तिम चरणमा पुगेको आयोजकले जनाएका छन् । संघको तर्फबाट शनिबार एक पत्रकार सम्मेलनको आयोजना गर्दै एसिया क्षेत्रीय संयोजक पारसमणि पोखरेलले सम्मेलनमा ३० देशका ३ सय प्रतिनिधि सहभागी हुने जानकारी दिए ।

सहभागीले नाम दर्ता गर्दा २ सय डलर तिर्नु पर्ने आयोजकले जनाएको छ । उक्त रकमबाट ब्रेकफास्ट, लन्च, डिनरको व्यवस्था हुने बताएको छ । होटल सहभागी आफैले खोज्नुपर्छ ।
मिलाप नाम दिइएको सम्मेलनमा महिला, युवा लगायत संघको क्षेत्रीय तथा अन्तराष्ट्रिय छलफल हुने बताइएको छ । 
नेपाली उत्पादन बजारीकरण गर्न पनि सम्मेलनले सघाउ पुग्ने र बजार प्रवद्र्धनका लागि गैरआवासीयले भूमिका खेल्ने उनले बताए । अध्यक्ष डा. बद्री केसीले कार्यक्रमको नतिजा राम्रो निकाल्ने गरी सम्पन्न गर्न सुझाव दिए ।

उनले संघभित्रको एकतालाई अझै रचनात्मक बनाउन सम्मेलनले महत्वपूर्ण भूमिका खेल्ने बताए । वैदेशिक रोजगार, सामाजिक सुरक्षा, लगानीलगायतका कुरामा जोड्न आवश्यक काम गरिरहेको उनले बताए ।

 

Logo