फेसबुकलाई साढे ५ खर्ब रुपैयाँ जरिवाना

एजेन्सी । अमेरिकाले फेसबुकमाथि पाँच अर्ब डलर जरिवाना तोकेको छ । फेसबुकमाथि डाटा गोपनीयता उल्लंघन गरेको अभियोगबारे जाँच गरिरहेको कमिटीले पाँच अर्ब डलर अर्थात पाँच खर्ब ४७ अर्ब भन्दा रुपैयाँ बढी रकम जरिवाना तिराउन अनुमति दिएको हो ।

सोसल मिडिया कम्पनीविरुद्ध डाटा गोपनीयता उल्लंघन गरेको अभियोगमा संघीय व्यापार आयोग (एफटीसी) ले छानविन गरिरहेको छ । गठित कमिटिले आयोगलाई फेसबुकमाथि उक्त जरिवाना गर्न अनुमति दिएको हो ।

राजनीतिक परामर्श कम्पनी क्याम्ब्रिज एनालिटिमाथि गलत तरिकाले फेसबुकका ८.७ करोड करोड प्रयोगकर्ताका डाटा चोरेको आरोप छ । अमेरिकी मिडियाका सूत्रहरुले जनाएअनुसार एफटीसीले सम्झौताको लागि दिएको यो अनुमति ३-२ भन्दा धेरै बढी हो । यो विषयमा फेसबुक तथा एफटीसीले कुनै कुरा गर्न इन्कार गरेको बीबीसीले जनाएको छ ।

एफटीसीले फेसबुकविरुद्ध मार्च २०१८ मा अनुसन्धान थालेको थियो । एफटीसीले क्याम्ब्रिज एनालिटिले करोडौं फेसबुक प्रयोगकर्ताका डाटा हात पारेको पत्ता लागेपछि अनुसन्धान थालेको थियो ।