अब युएईमा कार्यरत नेपालीका आफन्तले नो अब्जेक्सन लेटर नपाउने

काठमाडौं । युएईमा कार्यरत नेपालीका आफन्तले भ्रमण भिसाका लागि नो अब्जेक्सन लेटर नपाउने भएका छन्। युएईका लागि नेपाली दूतावासले आइतबार सूचना जारी गरी यसअघि दूतावासले दिँदै आएको नो अब्जेक्सन लेटर आजदेखि दिन बन्द गरेको हो ।

दूतावासले एक सूचना जारी गर्दै भनेको छ, ‘संयुक्त अरब इमिरेट्सको भिजिट भिसामा आउन चाहने संयुक्त अरब इमिरेट्समा कार्यरत नेपालीहरूका नजिकका नातेदारहरू (श्रीमान् वा श्रीमती, आमा, बुवा, सासू, ससुरा र छोराछोरी) लाई जारी हुँदै आएको नो अब्जेक्सन लेटर असार ३० गतेदेखि जारी गरिने छैन।’

यसअघि युएईमा जागिर गर्ने नेपालीका आफन्तहरू भ्रमण भिसामा युएई जान चाहे दूतावासले नो अब्जेक्सन लेटर लेखिदिने गर्दै आएको थियो ।