संसद बैठक एकसाताका लागि स्थगित 

आज दिउँसो १ बजे बस्ने भनिएको प्रतिनिधि सभाको बैठक स्थगित भएको छ।

देशको विभन्न भागमा आएको बाढी पहिरो र डुबानमा परेकाहरुको  उद्धार र राहत वितरणमा सहयोग गर्न बैठक स्थगित गरिएको जनाएको छ।

सांसदहरुलाई आ आफ्नो क्षेत्रमा जान समय दिनुपर्ने भएकोले बैठक स्थगित गरिएको जारी सूचनामा उल्लेख छ।  अर्को बैठक साउन ८ गते दिउसो १ बजे बस्ने जनाएको छ।