ट्राफिक प्रहरीद्वारा सवारी चालकहरुको लागुऔषध सेवन चेकजाँच

ट्राफिक प्रहरीद्वारा सवारी चालकहरुको लागुऔषध सेवन चेकजाँच


काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले लागुऔषध सेवन गरी सवारी चलाए नचलाएको सम्बन्धमा प्राविधिक टोली सहित टि.एच.सि. किटको प्रयोग गरी चेकजाँच अभियान सुरु गरेको छ ।

साउन ९ गतेबाट उक्त अभियानको सुरुवात गरिएको र निरन्तर संचालन गरिने ट्राफिक प्रहरीले जनाएको छ ।  साथै स्कुल बस चेकजाँच गर्ने अभियान अन्तर्गत चेकजाँचको क्रममा गोगंबु चोक स्थित नयाँ बसपार्कमा सिट क्षमता भन्दा बढी विद्यार्थि बोकेको बा २ क ८२५७ नम्बरको स्कुल बसले बढी विद्यार्थि बोकेको पाईएकोले नियमानुसार कारवाही गरिएको छ ।

Logo